back
NMB ad

भलिवल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता

Kumari bank ad

काठमाडौ । नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता भएको छ । आइतबार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकको रुपमा आगामी दुई बर्षको लागि नेपाल भलिवल संघलाई १० लाख रुपैयाँ सहयोग गर्नेछ ।भलिबल खेलमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो ।

सम्झौता कार्यक्रममा नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपाली भलिवलले पाएको सफलतालाई राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनले झनै हौसाएको बताए । वाणिज्य बैंकका अध्यक्ष रविन्द्र प्रसाद पाण्डेले भलिवल संघसँगको सम्झौताले संघ र बैंक दुवैलाई फाइदा पुग्ने बताए ।

यस्तै यहि चैत २९ गतेदेखि बैशाख ४ गतेसम्म तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग प्रायोजन सम्झौता भएपछि प्रतियोगिताको नाम एनभिएर आरबिबी राष्ट्रिय लिग राखिएको छ । प्रतियोगितामा पुरुष ८ र महिला ६ टोलीको सहभागिता हुनेछ ।

गत भदौमा भएको एनभिए क्लव च्याम्पियनसिपमा भाग लिएका मध्य पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ स्थानभित्र पर्ने टोलीलाई यो प्रतियोगितामा सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, पश्चिमाञ्चल भलिवल संघ, नेपाल प्रहरी, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिवल तालिम केन्द्र र मणिमुकुन्द भलिवल क्लव वुटबलले खेल्नेछन् ।

यस्तै महिलातर्फ न्यू डायमन्ड क्लव,नेपाल प्रहरी, एपिएफ क्लव, वेस्टर्न टप्स, त्रिभुवन आर्मी क्लव र जावलाखेल स्पोटर्स क्लवले खेल्नेछन । हरेक टिमले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउने छन् । प्रतियोगितमा पहिलो हुनेले, दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १६:०८ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...