back
NMB ad

अबदेखि होटलहरुले वार्षिक १२ लाखसम्म कर तिर्नु पर्ने !

Kumari bank ad

काठमाण्डौं । उपत्यकाका तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाडौँ महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउँदा प्रतिहोटल वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर उठ्ने बताइएको छ।

होटलसँग महानगरले वार्षिकरुपमा व्यवसाय, बहाल, घरजग्गा र सवारी कर उठाउँदै आएको छ । सरकारले २०५७ सालदेखि घरजग्गा कर असुलीका लागि निर्देशन दिएसँगै महानगरले होटलको कर उठाउन थालेको हो । २०७० साल वैशाख २८ गतेदेखि पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखा, होटल एसोसिएसन नेपाल र काठमाडौँ महानगरबीच होटललाई कडाइका साथ करको दायरामा ल्याउने सम्झौता भएको थियो ।

समयमा कर नबुझाउने होटललाई महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम चलअचल सम्पत्ति रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार–व्यवसायमा सिलबन्दी, तालाबन्दी, रोक्का गर्ने तथा महानगरपालिका अन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्न सक्नेछ ।

३ असार २०७३, ९।००

वि.सं.२०७३ असार ३ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...