back
NMB ad

एमालेको पूर्ण असहमतिमा संबिधान संशोधन गर्नुहुन्नः अध्यक्ष गच्छदार

Kumari bank ad

विराटनगर। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्छ ।

अध्यक्ष गच्छदारले भने “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको हो ।”

प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने, त्यसो नगरिएको अवस्थामा समस्या समाधान नहुने चर्चा गर्दै उनले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताए ।

अध्यक्ष गच्छदारले ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै उनले भने “आफैँ जिल्ला टुक्र्याउने, अब जिल्ला टुक्र्याउन नदिने, कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, ‘कहिले पुरानै संरचना ठीक, कहिले बेठीक’, ‘कहिले आयोगलाई मान्ने, कहिले नमान्ने’ जस्ता विरोधाभाष अभिव्यक्तिका कारण समस्या सिर्जना भएको हो ।”

मुलुकको अवस्था तरल बन्दै गएको र मुलुक मुठभेडको अवस्थामा पनि जान सक्ने भएकाले ठूला दलका नेतालाई पार्टी र सत्ताको स्वार्थबाट माथि उठेर राष्ट्रिय हितमा अग्रसर हुनुपर्ने आवश्यकतामाथि उनले जोड दिए ।

अध्यक्ष गच्छदारले विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताउँदै झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहेको विषयमा जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको पनि अभिमत लिनुपर्ने आवजश्यकता रहेको उनको भनाई छ ।

अध्यक्ष गच्छदारले मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र सो आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गर्नेजस्ता कार्य मोर्चाले गरेको आरोप लगाए ।

प्रकाशित मितिः २०७३ मंसिर ९

वि.सं.२०७३ मंसिर ९ बिहीवार १९:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...