back
NMB ad

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर

Kumari bank ad

काठमाण्डौं । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन्।

नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्।  ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। ‘ई’ ग्रेड ल्याउने २३ हजार ४६ छन्। नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए।

उता, अंग्रेजी भाषमा ए प्लस ल्याउनेको संख्या तुलनात्मकरुपमा निकै बढी छ। अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले डी र ७१ हजार १ सय २४ले ‘इ’ ग्रेड ल्याएका छन्।

पाठ्यक्रम विकास केन्द्रमा ७ वर्षसम्म कक्षा ९ र १० को नेपाली विषय समिति सदस्यका रुपमा काम गरेको प्रा।डा। दयाराम श्रेष्ठ विद्यार्थी नेपाली भाषामा कमजोर हुनुको दोष अंग्रेजी माध्यमबाट सञ्चालित निजी स्कुललाई दिन्छन्। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन १०

वि.सं.२०७३ साउन १० सोमवार १०:४४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...