back

बैंकको एटीएममा समेत नाकाबन्दीको असर

Kumari bank ad

४ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा समेत बाधा उत्पन्न भएको छ ।

अधिकांश बैंकले आफ्नो सन्ध्याकालीन सेवा बन्द गरेका छन् भने अब विद्युत भएको समयमा मात्र सेवा दिन सकिने उनीहरुले बताएका छन् ।

लोडसेडिङ हुँदा पनि २४ घण्टै चल्ने एटीएम सेवा पनि अब विद्युत भएका बेला मात्र उपभोग गर्न पाउने भएको छ ।

नेपाल बैंकर्स संघले बैंकहरुका लागि इन्धनको व्यवस्था गरिदिन राष्ट्र बैंकलाई आग्रह गेको छ । संघका अध्यक्ष उपेन्द्र पौडेलले भने, सेवा प्रभावित हुन नदिने हो भने राष्ट्रबैंकले इन्धन वा बिजुली उपलब्ध गराउनुपर्छ भनेर माग गरेका छौं ।’

विगतमा इन्धनको अभाव भएका बेला नेपाल आयल निगमले बैंकहरुका लागि इन्धन उपलब्ध गराउने गरेको थियो । तर, यो पटक भारतबाटै नआएका कारण निगमले पनि तेल दिन सक्ने अवस्था छैन ।

बैंकहरुले अहिले आफूसँग भएको तेल स्टक राकेर विद्युत भएको बेला मात्र सेवा दिने तयारी गरेका छन् । ‘अहिले भएको सबै सिध्याउँ र सकिएपछि बन्द गरौं भन्न त सकिन्छ । तर, यो राम्रो हुँदैन’ सघंका एक पदाधिकारीले भने, त्यसैले अधिकांश बैंकले अब विद्युत भएका बेला मात्र बैंक सञ्चालन गर्छन् ।’

अहिले लोडसेडिङ निकै कम भएकाले दिनमा केही घण्टा मात्र सेवा प्रभावित हुने बैंकर्सहरु बताउँछन् । साथै उनीहरुले बैंक तथा एटीएम जाँदा विद्युत भएको समयमा जान समेत सुझाएका छन् ।

यो बैंकमा पैसा भएर होइन । चाहिने भन्दा बढी नै पैसा छ र सेवा गर्ने चहना पनि छ । तर, अहिलेको मुलुकको समस्या पनि वुझ्नुपर्छ, एक पदाधिकारीले भने, आफ्नो क्षेत्रमा बत्ति छ, छैन त सबैलाई थाहा हुन्छ । त्यसैले वत्ति भएको समयमा बैंक जाने गर्नुभयो भने राम्रो हुन्छ भन्ने हाम्रो आग्रह छ ।

सार्वजनिक विदाको दिन बाहेक अरु दिन बैंकका कुनै पनि शाखा पूर्ण रुपमा भने बन्द नहुने नेपाल बैंकर्स एशोसिएसनले प्रष्ट पारेको छ ।

वि.सं.२०७२ असोज १४ बिहीवार १२:३५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...