back

राजदूत उपाध्याय भन्छन्- श्राद्ध सकियो, भोलि भारत फर्किन्छु

Kumari bank ad

१४ असोज, काठमाडौं । नेपाल र भारतबीच तनाव चुलिएका बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय भने फुर्सदले काठमाडौंमा डुलिरहेका छन् । पाँचदिनदेखि नेपालमै रहेका उनलाई अनलाइनखबरले सोध्यो, तपाईं त यतिबेला दिल्लीमा बसेर कुटनीतिक लविङ गरिरहेको हुनुपर्ने, काठमाडौंमा के गर्दै हुनुहुन्छ ?

राजदूत उपाध्यायले जवाफ दिए, ‘मेरो घरमा श्राद्ध थियो । श्राद्ध सकेर भोलि फर्किंदैछु ।’ दुई दिनअघि भारतीय राजदूत रञ्जित रायसित कुम जोडेर उपाध्याय भन्दै थिए, ‘भारतले नाकाबन्दी लगाएको होइन भनिरहेको छ, हामीले पत्याउनुपर्छ ।’

यद्यपि अनलाइनखबरसितको कुराकानीमा उनले उक्त टिप्पणी ‘कुटनीतिक’ भएको बताए । ‘मैले आफ्नो ओहदाअनुसार सबै कुरा खुलेर बोल्न मिल्दैन,’ उपाध्यायले फोनमा भने, ‘नाकाबन्दी हो कि होइन भन्ने कुरा त प्रष्टै छ नि ।’

भारतले नेपालमा नाकाबन्दी गरेलगत्तै उपाध्यायले भारतीय गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री सुष्मा स्वराजसित भेटवार्ता गरेका थिए । सो भेटमा आफूले नाकाबन्दीको विषयमा जिज्ञासा राख्दा उनीहरुले ‘भारतले नाकाबन्दी नलाएको, बरु नेपालकै कारणले अवरोध भएको’ जवाफ दिएको उपाध्याय बताउँछन् ।

‘उनीहरुले कुटनीतिकरुपबाट यसलाई नाकाबन्दी स्वीकार नै गरेका छैन,’ उपाध्यायले भने, ‘मैले हाम्रो हाम्रो जनतालाई परेको जनतालाई परेको पीर मर्काको विषयमा कुरा राखेँ । हाम्रो सीमानामा अड्किएको आपूर्ति व्यवस्था सुचारु होस भन्ने माग गरेँ ।’ जवाफमा उनीहरुले नेपालको राजनीतिक समस्या हल भएपछि आपूर्ति आफैं सूचारु हुने जवाफ दिएको उपाध्यायको भनाइ छ ।

सरकारको तर्फबाट स्पष्ट मार्गनिर्देशन अभावमा पनि राजदूत उपाध्याय अन्योलमा छन् । प्रधानमन्त्री सुशील कोइरालाबाट उनलाई खासै नीति निर्देशन मिलेको छैन । भारत फर्किनुअघि तीनै दलका शीर्ष नेताहरुसित बसेर छलफल गर्न उपाध्याय प्रयासरत छन् ।

‘प्रधानमन्त्रीसँग मात्रैभन्दा पनि मैले तीनै जना नेताहरुसित कुरा गर्न खोजिरहेको छु,’ उनले भने, ‘ताकि भोलि प्रधानमन्त्री फेरिँदा अर्को कुरा नआओस् ।’

‘भारतको चासो मधेसीको मुद्दा मात्रै होला कि त्योभन्दा बेसी केही होला ?’ भन्ने प्रश्नमा राजदूत उपाध्यायले भने, ‘औपचारिक कुराकानीमा उहाँहरुले तराईको हिंसालाई जोड दिइरहनुभएको छ । हिंसाले गर्दा नै सामान पठाउन नसकेको भन्नुहुन्छ । हामी भनिरहेका छौं कि तपाईं आफ्नो सीमानाबाट त कटाइदिनुस, यताको सुरक्षा हामी गछौर्ं । हामीले योभन्दा बढी के भन्ने ?’

नेपालमा घोषणा भएको नयाँ संविधानको वैधानिकतालाई भारतले चुनौति नदिएको र दिन नसक्ने उनी बताउँछन् ।

मैले भने नेसन टु नेसन डिल गर्ने हो कि । मधेस भनेपछि विशाल छ । त्यसभित्र वैधानिकता योउभन्दा राम्रो । संविधान इतिहासकै विरल अवसर । संविधानसभाको जति सहभागिता थियो अन्यत्र विश्वमा नहोला । लेजिटिमेसीलाई खोट लगाउने थाहा छैन । खुला सीमा भएकाले द्वन्द्व । अन्तिम प्रयास गर्दा पनि अन रेकर्ड भनेको मोदीजीको र्फकदासम्म दुःख गरौं । बुद्ध जन्मेको छ । उहाँको अभिव्यक्ति पर्खिरहेका छु । कहिलेकाहीँ प्रधानन्त्रीलाई जानकारी नदिएको पनि हुन सक्छ ।

मोदीको वक्तव्य पर्खौं

कुनै ठोस कदम चाल्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक वक्तव्यको प्रतिक्षा गर्नुपर्ने राजदूत उपाध्यायको कथन छ । अमेरिकाबाट बुधबार राति नयाँ दिल्ली फर्केका मोदीले तत्कालै विषयलाई लिएर सम्वोधन गर्ने आशा उनले व्यक्त गरे । यद्यपि, मोदीले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा हालसम्म नियोजित ढंगले नै मौनता साँधिरहेका छन् । तत्कालै उनले नेपालको विषयमा वक्तव्य दिने सूचना पनि उपाध्यायसित छैन ।

‘अब त बोल्नै पर्ने हो,’ उनी भन्छन्, ‘नेपाललाई विचल्लीमा राखेर लामो समयसम्म मौन बस्न त नमिल्नुपर्ने हो ।’

आफू भारत पुग्दासम्म नाकाबन्दी खुलेन भने मोदीलाई भेटेर कुरा राख्ने उनले बताए । ‘पहिले पनि भेट्न खोजेको थिएँ, तर उहाँ तुरुन्त अमेरिका गएकाले पाइँन । अब फेरि प्रयास गर्छु । मोदीको जानकारीबेगर प्रशासनयन्त्रले नेपालमाथि यस्तो हर्कत गरिरहेका पनि हुन सक्छन् ।’ उपाध्यायले भने ।

‘प्रधानमन्त्रीलाई थाहै नदिई अर्को देशमा नाकाबन्दी लाग्न सक्छ भन्ने कल्पना गर्नु त हास्यास्पद कुरा भएन र ?’ भन्ने प्रश्नमा उपाध्यायले जवाफ दिए, ‘होइन, यो हुनै सक्दैन भन्ने छैन । मोदीजी त पहिलेदेखि नै नेपालप्रति सकारात्मक व्यक्ति हो नि । प्रधानमन्त्री भएको ६ महिनामै दुई पटक नेपाल भ्रमण गर्नुभएको होइन ?’

उनले मोदीको वक्तव्य आउँदासम्म नेपालीले दुःख सहनुपर्ने बताए । ‘यदि भारतले दिँदैन भने चीनबाट सामान ल्याउनतर्फ पनि सोच्नुपर्छ । यसमा भारत रिसाउला भनेर चिन्ता लिनुपर्दैन, किनकि भारतजस्तै हामी पनि एक स्वाधीन राष्ट्र हौं ।’

वि.सं.२०७२ असोज १४ बिहीवार ००:०० मा प्रकाशित

You can share this post!

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३६

खोटाङ, १५ मङ्सिर : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत...

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३१

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा...

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:०७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा...

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत,  कसले के भने ?      

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत, कसले के भने ?    

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:५९

काठमाडौँ, १५ मङ्सिर : मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा...