
पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले मधेसी दलका माग सम्बोधन गर्न आफूहरु पर्याप्त लचिलो हुन तयार रहेको बताएका छन्। बिहीबार राजधानीमा शान्ता चौधरी र सरस्वती सुब्बाले नेतृत्व गरेको सकारात्मक अभियानको अनुरोधपत्र ग्रहण गर्दै उनले आन्दोलनरत दललाई पनि यथाशिघ्र वार्ता र समाधानको लागि तयार रहन आग्रह गरे।
उनले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै हल हुनेसमेत दाबी गरे।
अभियानको अनुरोधपत्रमा राजनीतिक दल नेताहरुलाई जाति र पार्टीभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गरिएको छ। अन्य दलका नेताहरुलाई पनि अनुरोधपत्र बुझाउने अभियानकी सुब्बाले जानकारी दिइन्।
वि.सं.२०७२ असोज १४ बिहीवार १७:२३ मा प्रकाशित