back

सुनौली नाका खुलाउने सहमति

नेपाल भारतको सुनौली नाका बन्द नगर्ने सहमति भएपछि इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन्।

आज मध्यान्ह नेपाल र भारतीय ब्यापारीहरूले सहमती गर्दै नाका खुलाउने सहमती गरेर आन्दोलनकारीलाई धपाउने निर्णय गरेका हुन्।

भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुखलाई राखेर दुबैतर्फका ब्यापारीहरूले सहमति गरेका हन्।

सहमति गरेपश्चात भारतीय भूमीमा लामबद्ध ट्रकहरू क्रमशः नेपाल भित्रिरहेका छन्। हिजो कुनै पनि ट्रक नेपाल नभित्रिएपनि आज तीन ट्यांकर पेट्रोल, १ अक्सिजन र एक ग्यास बोकेका ट्रक र खाद्यान्नसहितका १५ वटा ट्रकहरू नेपाल भित्रिएका हुन्।

सुनौलीमा वारी र पारीका व्यवसायी सहमति भएपछि सीमा नाकामा धर्नामा बसेका आन्दोलनकारी पछाडि हटेका हुन्।

अहिले सीमामा निर्वाध रूपमा सवारी पास भइहरेका छन्।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...