back
SKIP
prime bank ad

तीन दल र महन्त ठाकुरबीचको वार्ता सकारात्मक, भोलि फेरि बस्ने

Kumari bank ad

मधेस समस्या समाधानका लागि बसेको वार्ता सकारात्मक भएको छ। मधेसी मोर्चाको मागबारे तीन दल सकारात्मक देखिएपछि बार्ता भोलि फेरि बस्ने गरी टुंगिएको एमाओवादी उपाध्यक्ष एवम् वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

उनले भने,’हामीले उहाँहरुले उठाइरहनु भएका कुरा, जो वार्ताको वातावरण बनाउनका लागि आवश्यक भनिएका छन्, त्यसलाई पुरा गरी वार्तामार्फत समस्या सुल्झाउने कुरा राख्यौं। परिस्थिति अझ सकारात्मक भएको छ। भोलि फेरि बसेर यी सबै कुरा टुङ्ग्याउने कुरा भएको छ।’

उपाध्यक्ष श्रेष्ठले अध्यक्ष ठाकुरसँग आन्दोलनको स्वरुप परिवर्तन गरेर नाकाबन्दीको अवस्था अन्त्य गर्न आग्रह गरेको पनि बताए। जवाफ ठाकुरले थप छलफल गरेर अघि बढ्ने बताएका थिए।

आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग वार्ता गर्न तीन दलका नेताहरू तमलोपा कार्यालय बिजुलीबजार पुगेका थिए।

वार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका  श्रेष्ठ सहभागी थिए।

सहमति जुटाउने प्रयासमा सक्रिय तीन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेको थियो।

बालुवाटार बैठकमा प्रमुख तीन दलको बैठकले मधेशी मोर्चासँग सहमति भएमा समावेशी समानुपातिक र निवार्चन क्षेत्र निर्धारणको माग संविधान संशोधन मार्फत तत्काल पुरा गर्न सकिने निष्कर्ष निकालेको थियो।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिड्ग कम्पनीले आईपीओ निष्काशन गर्ने

नेपाल वेयरहाउजिड्ग कम्पनीले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १२:३८

काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

आइएमई पे बाट ‘एसआइपी’ भुक्त्तानी सजिलै गर्न सकिने

आइएमई पे बाट ‘एसआइपी’ भुक्त्तानी सजिलै गर्न सकिने

वि.सं.२०८० असोज १२ शुक्रवार १२:१०

काठमाडौँ   । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सेवाग्राहीहरूले...

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु   

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु   

वि.सं.२०८० असोज १२ शुक्रवार १२:०३

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १२ असोज : पश्चिम नवलपरासीमा करेन्ट लागेर...

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को लाभांश घोषणा

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को लाभांश घोषणा

वि.सं.२०८० असोज १२ शुक्रवार ११:५८

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश...

प्रतितोला ३४०० रुपैंयाले घट्यो सुनको भाउ

प्रतितोला ३४०० रुपैंयाले घट्यो सुनको भाउ

वि.सं.२०८० असोज १२ शुक्रवार ११:५०

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउमा लगातार गिरावट...

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

वि.सं.२०८० असोज १२ शुक्रवार ११:२९

काठमाडौं । फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल...