back

भारत नेपालमा राजतन्त्र स्थापना गर्न चाहन्छ भन्ने ‘आरोप’ प्रति स्वराजको चित्त दुखाइ

Kumari bank ad
संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्न चाहन्छ भन्ने आरोप लागेकोमा चित्त दुखाएकी थिइन।
“हामीलाई दोष दिने गरिएको छ तर हामी नेपालमा राजतन्त्र पुनःस्थापनाको पक्षमा छैनौँ” – भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्री पाण्डेले भने। संविधान निर्माणपछि दुवै देशबीच पछिल्लो समय सम्बन्धमा उतारचढाव देखिएको बेला दुवै देशको उच्च तहमा पहिलोपटक भेटवार्ता भएको हो ।
संविधान निर्माणपछि उत्पन्न नेपालको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेको सो छलफलमा भारतले तेललगायतका सामान बोकेका सवारी साधन नेपालको सीमासम्म पुर्या‍उने काम भारतको भएको र त्यसमा कुनै अवरोध नगरेको पनि जनाएको छ । “ढुवानी सीमासम्म पुर्या‍उन भारतले अवरोध गरेको छैन, गर्दैन” – मन्त्री सुषमा स्वराजको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले भने।
नेपालले भने नेपाल भूपरिवेष्टित देश भएकाले सामान ढुवानीमा कुनै कठिनाइ हुन नहुने र यसैका कारण दुई देशबीचको सम्बन्ध खलबलिन दिन नहुने धारणा राखेको थियो ।
“नेपाल भूपरिवेष्टित भएकाले सामान ढुवानीलगायतका कुरामा कुनै कठिनाइ नहोस् र अहिले जुन परिस्थिति सिर्जना भएको छ त्यो परिस्थितिमा यसलाई बिगार्ने र कमजोर पार्ने काम नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ” – परराष्ट्र मन्त्री पाण्डेले भने। नाकाबन्दी भएको भन्दै पछिल्लो समयमा नेपालमा भारत विरोधी धारणा बढेकामा पनि भारतले चित्त दुखाएको थियो।
शान्ति प्रक्रिया, भूकम्पजस्ता समस्याका बेला भारतले सहयोग पुर्या‍ाएकामा नेपाली पक्षले सो अवसरमा भारतसमक्ष आभार प्रकट गरेको थियो । भारतले शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुलाई राम्रो कुरा भएको बताएको थियो।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले कस्तो संविधान हुनुपर्छ र कुनै पनि समस्यालाई कसरी समाधान गर्नुपर्छ भन्नेबारे निर्णय लिनमा नेपाल र नेपाली स्वतन्त्र रहेको पनि भारतले स्पष्ट गरेको मन्त्री पाण्डेले बताए।
“नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले देखेको कुरामा सुझावसम्म दिने हो तर कुनै पनि विषयमा के निर्णय लिने भन्ने नेपालको आफ्नो कुरा हो, त्यसमा भारतले कुनै हस्तक्षेप गर्नु हुँदैन” – भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले बताए।
संविधान निर्माणपछि नेपालमा अहिले भइरहेको आन्दोलनप्रति भने भारतले वार्ताद्वारा नै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए। “आन्दोलनरत पक्ष पनि नेपाली जनता नै भएकाले वार्ताद्वारा नै समस्या समाधान गर्नु राम्रो हुन्छ, भारत अस्थिर होइन शान्त, दिगो र विकसित नेपाल देख्न चाहन्छ” – भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले भने।
सो भेटवार्तामा प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार डा भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलगायत नेपालका उच्च सरकारी पदाधिकारीको सहभागिता थियो।
भारतका तर्फबाट भने विदेश मन्त्री सुषमा स्वराज, विदेश सचिव एस जयशङ्करलगायतका उच्च सरकारी अधिकारीको सहभागिता थियो ।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५८ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...