back
NMB ad

सरकारी नम्बर प्लेट राखेर पेट्रोल भर्न गएपछि

Kumari bank ad
नीजि मोटरसाइकलमा सरकारी नम्बर प्लेट राखेर पेट्रोल भर्न लाइनमा बसेका एक जनालाई पूल्चोक प्रहरीले पक्राउ गरेको छ ।  रामेछाप चिसापानी घर भइ काठमाडौंको सिनामंगलमा रेष्टुरेन्ट संचालन गर्दै आएका राजु श्रेष्ठलाई पूल्चोक प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो बा ६६ प ६२४२ नम्बरको मोटरसाइकलमा बा ३ प ६२४२ नम्बरको नम्बर प्लेट राखेका थिए ।  सरकारी निकायमा बा २ का मोटरसाइकल मात्र संचालनमा छन् । बा ३ नपुगेकाले मोटरसाइकलको ब्लु बुक हेर्दा उनले सरकारी नम्बर प्लेट राखेको फेला परेको प्रहरी निरीक्षक हर्क विश्वले जानकारी दिए ।
उनले बिहानैदेखि साझा पेट्रोल पम्पमा तेल भर्न आएका सरकारी नम्बरप्लेट भएका मोटरसाइकल जाँच गरेका थिए ।
पूल्चोक प्रहरीले मोटरसाइकल र श्रेष्ठलाई ललितपुर प्रहरीमा बुझाएको छ । श्रेष्ठले पेट्रोल भर्न आफूले सास्ती पाएको र चलाखीपूर्ण काम गर्दा प्रहरीले समातेको बताएका छन् । पेट्रोल पम्पहरुले निजी सवारी सानलाई तेल भर्न रोक लगाएका छन् ।

वि.सं.२०७२ असोज १५ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:५३

दमौली (तनहुँ), २६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन...

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४७

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी...

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:१४

दमौली (तनहुँ), २६ जेठ : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर...

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:०९

रूपातोला, (बझाङ), २६ जेठः नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती...

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?   

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:०२

सङ्खुवासभा, २६ जेठः बिनाकुनै अवरोध नियमित काम हुने हो भने...