back

हाम्रो होइन राम्रो खौजौ

मुलुकमा नाकाबन्दीको असरले उखरमाउलो बढ्दैजाँदा प्रवासमा भने गैर आवासिय नेपाली नेतृत्व चयनको जोड घटाउमा ब्यस्त छ्न्।

७१ देशमा फैलिएको यो सञ्जालको नेतृत्व चयन आगामी अक्टोबर  १४देखि १७ सम्म काठमाडौंमा हुँदैछ।

मुलुक दुख्दा छाति चर्कने एउटा वर्ग पनि हो प्रवासी नेपाली । कतिले रहरले मुलुक छाडेका होलान कतिले कहरले, तर पनि मार्तभूमी प्रतीको मायामा सधै आफ्नो छायाँ देख्छन् प्रवासीहरू।

कुरोको चुरो प्रारम्भ गरौं, एनआरएन र अस्ट्रेलियाबाट।

गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिदाँ अस्ट्रेलियाबाट लगभग पुरै प्यानलको घोषणा भइसकेको छ। अध्यक्षमा शेष घलेदेखि उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र युथ कोर्डिनेटरको दावेदारी अस्ट्रेलियाले गरिसकेको छ। ७१ राष्ट्रमा फैलिएको यो सन्जालमा अस्ट्रेलियाको यो चुनौतीलाई आगामी सम्मेलनले कसरी हेर्ला।

यतिखेर ७० मुलुक भर्सेज एक अस्ट्रेलियाले आगामी बिश्व सम्मेलनमा कस्तो शन्देश जाने हो वा अन्य सदस्य राष्ट्रले यसलाई कसरी हेर्ने हुन्। कुरो सन २००५ तिरको हो, मैले आइसीसीमा एनआरएन ब्यापारी क्लब जस्तो भयो त, दक्षहरुको सहभागिता र नेतृत्व देखिएन? भन्ने प्रश्न गर्दा त्यतिबेलाका अध्यक्ष उपेन्द्र महतो र जिवा लामिछानेले उत्तर दिएका थिए, ‘यो सबैको संस्था हो ,जो आवद्ध हुन चाहन्छन् , हामीले रोकेका छैनौं।’

सन २०१३ मा शेष घलेको सिधा आगमन भयो ,एउटा ब्यापारीको रूपमा। तर घलेले दुई वर्षमा तारिफ योग्य काम गर्नुभयो। यद्यपी उहाँको नाता जोडियो ब्यापारीका रुपमा । उहाँको आगमनले संस्थामा थुप्रै राम्रा कार्य भएपनि एनआरएन जोडियो फेरि ब्यापार र पैसासँग।

यतिखेर निर्वाचन नजिकदै जाँदा एउटा पेचिलो प्रश्न तेर्सिन थालेको छ, अस्ट्रेलियाबाट राम्रा हैन हाम्रा मात्र मैदानमा किन उतारे त शेषले। उनले नउठाएपनि उनिसँग सधै देखिने अनुहारहरुको दाबेदारीले शेषमाथि प्रश्न तेर्सिनु अस्वाभाविक भने होइन।

हाम्रो हुनु र राम्रो हुनुमा आकाश जमिन फरक पर्छ । योग्यता र विद्धतालाई बिर्सेर काखी च्याप्ने प्रवृतीले एनआरएन भावनालाई कति अघिसम्म डोर्‍याउला त। एउटा स्वतन्त्र ब्यक्ति एनआरएन अभियानमा सामेल हुने चेस्टा गर्छ र केहि गर्छु भन्छ भने त्यसलाई प्रोत्साहन गर्ने कि निरुत्साहित।

एनआरएन भित्र पनि केहि आचारसंहिता बन्नुपर्छ, चारित्रीक ,योग्यता र दक्षतालाई प्राथमिकता भित्र नराख्ने हो भने भोलिका दिनमा यसले बढाएको मान मर्दन खुम्चीन धेर्रै बेर लाग्दैन। संस्थाप्रतीको लगाव र एनआरएन अभियानमा सामेल नभएका तर धनकै भरमा पदलाई बापती ठान्ने हरुसँग सावधान हुनु जरूरी छ।

अमेरिकावाट अध्यक्ष,उपाध्यक्ष,बेलायतवाट उपाध्यक्ष लगायत र अस्ट्रेलियावाट सबै पदमा उमेदबार देखिनुले के प्रमाणित गर्छ भन्ने मन मात्र भएर एनआरएन अभियानमा लाग्न सकिन्न,धन पनि आवश्यक भैसक्यो। बिस्तारै समावेशी चरित्रमा अगाडि बढेको एनआरएनमा धनको जगजगी बढ्नु राम्रो भने होइन, यो त प्रवासी मनको मन्थन गर्ने थलो हो ।

७१ देशमा फैलिएका संरचना भित्र औलामा गन्न सकिने बिकसित राष्ट्रबाट उम्मेद्वावारी पर्नुले पनि राजनीतिक र आर्थिक समायोजन बिना यसको नेतृत्वमा पुग्न सम्भव छैन भन्ने प्रष्ट पारिसकेको छ। यसको निर्वाचन प्रक्रियामा खाडी र मलेसिया लगायत अमेरिका, अस्ट्रेलिया बस्ने बिच समान शूल्क ब्यवस्था न्याय संगत छैन।

निर्वाचन समितिले अध्यक्षका लागि ३ हजार डलर, महासचिव २५ सय ,सचिव तथा कोषाध्यक्ष २५ सय डलर र युवा तथा क्षेत्रीय संयोजकको १५ सय डलर शुल्क तोकेको छ।

मुलुक नाकाबन्दीको मारमा पिल्सीएको छ ,यस्तो संकटको घडीमा एनआरएनको महाकुम्भको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रवादको नारामा घन्केको मुलुकको पहिचानलाई कायम राख्न एनआरएनले पनि आफूलाई समाहित गर्न सक्नुपर्छ। ७१ देशमा फैलिएको यो सञ्जालले भारतको दादागिरी र नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय आवाज उठाउन सक्नुपर्छ। नत्र ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भन्ने उखानझै झाडा टार्ने हो भने एनआरएनको औचित्य उही दोहोरो नागरिकतामै सिमित रहने छ।

वि.सं.२०७२ असोज १५ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ८ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...