
पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आर्थिक रूपमा फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउने बताएका छन्। पर्यटनमन्त्री पोखरेलले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी मागका आधारमा विमानस्थल बनाउँदा सरकार टाट पल्टिने भन्दै फाइदा नहुने क्षेत्रमा विमानस्थल बनाउन लगानी नगर्ने बताएका हुन्। उनले पर्यटन क्षेत्र व्यापारको विषय भएकाले घाटा हुने व्यापारमा सरकारले हात नहाल्ने बताए।
पर्यटनमन्त्री पोखरेलले नेपाल पर्यटन बोर्डलाई नेपाल पर्यटन प्रबद्र्धन परिषद्मा रुपान्तरण गर्ने बताए । उनले पर्यटन प्रबद्र्धनमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पर्यटनका सबै क्षेत्रलाई समेट्नका लागि बोर्डलाई परिष्द्मा रुपान्तरण गरिने बताए। उनले बोर्डलाई परिषद्मा रुपान्तरणका लागि कानून चाहिने भन्दै कानून नबनेसम्म बोर्डलाई प्रमुख कार्यकारी अधिकृत विहिन अवस्थामा नराख्ने बताए। उनले ४ वर्षदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउने बताए। उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, पशुपति लगायतका क्षेत्रमा सबैले परिवर्तनको महसुस गर्ने गरी आफूले काम थालिसकेको बताए।
पर्यटनमन्त्री पोखरेलले सबैले विकास भएको महसुस गर्ने गरी आफू तिब्र रफ्तारका साथ काम गर्ने पक्षमा रहेको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरे।
वि.सं.२०७२ मंसिर ४ शुक्रवार २१:५३ मा प्रकाशित