back

कालोबजारीको आशंकामा काठमाडाैँ ल्याइएको डिजल रुपन्देही फिर्ता

Nepal Bank
स्थानीय प्रशासनको जानकारी विना नेपाल आयल निगम पश्चिमाञ्चल डिपो भलवारीबाट काठमाडाैँको लागि पठाईएको एक ट्ंयाकर डिजल रुपन्देही फिर्ता ल्याईएको छ।
आयल निगम भलवारीका डिपो प्रमुख दिनेश यादवले विहीबार स्थानीय प्रशासनलाई जानकारी नै नदिई १२ हजार लिटर काठमाडाँैको स्वयंभुमा रहेको हामा आयल स्टोरको नाममा पठाएका थिए।
भारतको नाकाबन्दीसंगै ईन्धन आयातमा भएको कटौतिपछि स्थानीय प्रशासनको समन्वयमा अत्यावश्यक साधनको लागि ईन्धन वितरण हुँदै आएपनि डिपो प्रमुख यादवले उक्त आयल स्टोरको नाममा ना. ४ ख ७१४५ नं. को ट्ंयाकरमा उक्त परिमाणको डिजल पठाएका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले कसैको जानकारी बिना कालोबजारी गर्ने उद्देश्यले इन्धन लगेको भन्दै नवलपरासीको सुनवलबाट रुपन्देही फिर्ता पठाएको थियो। फिर्ता पठाईएको डिजल सहितको ट्याङकर वडा प्रहरी कार्यालय बुटवलमा रहेको छ भने चालक सुवास मोक्तानलाई जिल्ला प्रसासन कार्यालय रुपन्देहीले आवश्यक सोधपुछ पछि छोडिदिएको छ।
आयल निगमका डिपो प्रमुख दिनेश यादवले निगमको केन्द्रिय कार्यकारी निर्देशकको कार्तिक १८ गतेको तोक आदेश बमोजिम हामा आयल स्टोरको नाममा पठाईएको बताए। उनले १२ हजार लिटर डिजलको ९ लाख २२ हजार ६ सय ६ रुपैयाँको विल भौचर काटी केन्द्रिय निर्देशन र तोक बमोजिम पठाईएको दावी गरे।
इन्धनको अभाव भएको मौका छोपी डिपो प्रमुख यादवले १ सय ५० रुपैयाँ प्रतिलिटरमा उक्त डिजल काठमाडाैँ पठाएको श्रोतको दावी छ। डिजल पठाएको हामा आयल स्टोरका संचालक युनस प्रधानले संचालन गरेको त्रिशक्ति आयल स्टोरबाट पेट्रोलियम पदार्थमा कालोबजारी गरेको भन्दै यसअघि नै मुद्धा समेत दर्ता भएको छ।
भारतीय नाकाबन्दीसंगै ईन्धन आयातमा भएको कमीपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा अत्यावश्यक साधनहरुलाई ईन्धन वितरण गरिदै आएकोमा डिपो प्रमुख यादवले काठमाडाैँ पठाएको ईन्धनको बारेमा जानकारी नगराई पठाएकोले बिच बाटोबाटै फिर्ता ल्याईएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए। ईन्धन अभावसंगै पश्चिमाञ्चल डिपोबाट प्रशासनको समन्वयमा ईन्धन वितरण हुदै आएको भएपनि उक्त ट्ंयाकर पठाईएको बारे आफुलाई जानकारी नगराईएको उनले बताए।
इन्धनको अभाव भएपछि नेपाल आयल निगमले उपत्यका बाहिरका डिपोहरुबाट समेत काठमाडाैँको लागि ईन्धन आपूर्ति गरेपनि पेट्रोल पम्पमा सिधै तेल दिने अधिकार भने क्षेत्रिय डिपोहरुलाई दिएको छैन। विभिन्न सीमा नाकाबाट पठाईएको ईन्धन काठमाडौंको थानकोट डिपोमा गएपछि मात्र विभिन्न पेट्रोलपम्पमा पठाईने गरेकोमा भलवारीबाट सिधै पेट्रोल पम्पमा पठाईएको कारण पनि ईन्धनमा कालोबजारी भएको हुनसक्ने आशंका गरिएको छ।
यसैविच पछिल्लो पटक नाकाबन्दीको मौका छोपेर कमिशन र कालोबजारी गरेको आरोपमा यादवको सरुवाको माग गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका पदाधिकारीहरु नै शुक्रबार काठमाडौं पुगेका छन्।
एशोसिएनका अध्यक्ष प्रेम न्यौपाने यादवले कालोबजारी गर्ने उद्देश्यले पठाएको डिजल प्रहरीले नियन्त्रणमा लिएपछि उनी कालोबजारीमा संलग्न छन् भन्ने पुष्टि भएको बताए। डिपो प्रमुख यादव यसअघि पनि पटकपटक अनियमित तरिकाले सोझै पम्पहरुमा इन्धन पठाउने गरेको भन्दै व्यवसायीहरुबाट आलोचित हुंदै आएका छन्।
सहज समयमा पनि उनले बिल नकाटी सोझै इन्धन पठाएर मोटो रकम कुम्लाएको आरोप व्यवसायीहरुले लगाउंदै आएका छन्। यादवलाई सरुवा गरी उनको ठाउंमा अर्को प्रमुख नपठाएसम्म डिपोबाट हुने ईन्धनको अनियमितता र भ्रष्टाचार नरोकिने भन्दै न्यौपानेले  उनको सरुवाको लागि काठमाडाैँ पुगेका बताए।
सरुवाका लागि अहिले नेपाल आयल निगममा पुगेको र त्यहांबाट पनि नभए मन्त्रालय र अन्य निकायमा जाने तयारी गरेको उनले बताए।

वि.सं.२०७२ मंसिर ४ शुक्रवार २२:३३ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...