back
NMB ad

मधेस आन्दोलनमा दुई करोडको गाडी फुटाइयो

Kumari bank ad

30112015093445Long-tour-Modifying-Buses-1000x0काठमाठौं । पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् ।

यातायात व्यवसायमा कार्यरत करिब १५ हजार श्रमिकमध्ये झन्डै ६ हजार बेरोजगार भएको उसले जनाएको छ । विराटनगर–जोगबनी र हाटखोला–रंगेली चल्ने बसका ३ सय यातायात मजदुर त सडकमै आएको संघको दाबी छ ।

दिउँसो र राति चल्ने हरेक खालका बस र ट्रक गरी झन्डै ३ सय ५० गाडीमा क्षति पुगेको संघका अध्यक्ष राजन कँडेलले बताए । ‘अधिकांश बसका सिसा फुटेका हुनाले कुट वा तारजालीले त्यो भागलाई ढाकेका छौं,’ उनले भने । व्यवसायीका अनुसार डिलक्स वा एसी बसको अग्रभागमा नयाँ सिसा लगाउँदा ३८ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । झ्यालमा नयाँ सिसा जडान गर्दा १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ ।

बन्दभरि ढुंगा प्रहारबाट जोगिनलाई यातायात व्यवसायीले अस्थायी समाधानका रूपमा सिसाका ठाउँमा तारजाली वा बाक्लो कुट लाउने गरेका छन् ।

बसको अग्रभागमा तार जाली लाउँदासमेत १५ हजार रुपैयाँ खर्च हुनुका साथै जडान गर्नलाई दुई दिन लाग्ने गरेको व्यवसायीहरूले बताए । ‘बन्दभरि ढुंगा नछिर्ने गरी तार जाली लगाएका छौं,’ कँडेलले भने, ‘सिसा लाउने पैसा र अवस्था, दुवै छैन ।’ प्रदर्शनकारीको आक्रमणमा अहिलेसम्म ४० यातायात मजदुर घाइते भएको उनले जानकारी दिए ।

‘आफैं वा यातायात व्यवसायीले उनीहरूको उपचार भएको छ, सरकारको कहीँ पनि उपस्थिति छैन,’ उनले निराश मुद्रामा भने, ‘यो आन्दोलन अझैं कति लम्बिने हो, थाहा छैन ।’ सरोकारवाला व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीहरू एवं यातायात व्यवसायी महासंघमार्फत गाडी एवं जीउधनमा पुगेको क्षतिबारे सरकारलाई लिखित जानकारी गराएका छन् ।

आफूहरूको दायित्व सुरक्षा दिनेसम्म मात्र भएको र घाइते यातायात मजदुरको उपचार व्यवसायीहरूले नै गर्नुपर्ने जवाफ प्रशासनहरूबाट पाउने गरेको कँडेलले बताए ।

‘एउटै गाडीले पनि क्षतिपूर्ति पाउनु त परै जाओस्, सरकारबाट बुझ्ने काम पनि भएको छैन,’ उनले भने । पूर्वाञ्चलमा बस एवं ट्रकलगायत करिब ३ हजार ५ सय गाडी सञ्चालनमा रहेको संघले जनायो । यसमा झन्डै १ हजार २ सय दिवा, रात्रि र मिनी बसहरू छन् । अधिकांश यातायात व्यवसायीले घर, घडेरी र खेत धितो राखेर ऋणमा गाडी लिन्छन् ।

मोटोमोटी एउटा डिलक्स बसको ४६ लाख रुपैयाँ र एसी बसको ६१ लाख रुपैयाँसम्म पर्छ । यसमा ७० प्रतिशत बैंकको र ३० प्रतिशत लगानी व्यवसायीको हुन्छ । ऋण चुक्ता नगरुन्जेल गाडी बैंककै नाममा हुन्छ । व्यवसायीले एउटा बसका लागि मासिक २५ देखि ३५ हजार रुपैयाँसम्म बैंकलाई ब्याज तिर्नुपर्छ । ‘बैंकको ऋण बढदै गएको छ,’ उनले भने, ‘थुप्रै व्यवसायीको घरजग्गा बैंकद्वारा जफत हुने स्थिति छ ।’ पूर्वाञ्चलका ४ सय व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको संघले जनायो ।

‘सरकारले बैंकको तीन महिनाको ब्याज मात्र मिनाहा गराइदिए पनि राहत हुन्थ्यो,’ संघका अध्यक्ष कँडेलले भने ।

कान्तिपुर

वि.सं.२०७२ मंसिर १४ सोमवार ०९:४१ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...