back

ग्यास बुलेट खरिदमा साढे २२ करोड कमिशनको खेल

Kumari bank ad

काठमाडौं । इन्धन खरिद प्रक्रिया र आपूर्तिमा अनियमितताको आरोप लागिरहेको बेला नेपाल आयल निगमले अपारदर्शी तरिकाले ग्यास बुलेट खरिद प्रक्रिया अगाडि बढाएको छ । देशलाई आवश्यक पर्ने बुलेट खरिका लागि व्यवासायीलार्ई अनुमति दिन लागिएको छ ।

निगमले ४ सय ५० वटा बुलेट खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । छोटो अवधिको सूचना सार्वजनिक गरी व्यवासायीबाट बुलेट खरिदका लागि आशयपत्र माग गरेको आयल निगमकै कर्मचारीले आरोप लगाएका छन् । तर, केही समयअगाडी गोरखापत्रमा सार्वजनिक सुचना प्रकाशित गरी खरिदका लागि प्रक्रिया अगाडी बढाईएको निगम प्रवक्ता मुकुन्द घिमिरिले बताए । ‘देशमा ग्याँस ढुवानीका लागि बुलेट अभाव हुँदा समस्या परेकोले गोरखापत्रमै सार्वजनिक सुचना गरेर बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो ।’ घिमिरेले राताीपाटीसँग भने ।

नेपालमा ग्याँस ढुवानी गर्ने आफ्नै बुलेट छैनन् । नाकाबन्दीको समयमा यसले झन् ठूलो समस्या पारेको छ । यहि मौकालाई सदुपयोग गरी बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो । खरिद प्रक्रियाका लागि इच्छुक व्यवसायीलाई आह्वान गरिएको सार्वजनिक सूचनापछि ८६ जनाले खरिद गर्ने आशयसहित निगममा निवेदन दर्ता गराएको स्रोतले बतायो । पेट्रोलिय पदार्थ भिाउन नीजि कम्पनीलाई अग्रिम भुक्तानी दिएको विषयमा निगम विवादमा तानिएको थियो ।


विवरण दिन आनाकानी

आयल निगमले भने यो बारेमा केही सार्वजनिक गर्न चाहँदैन । कसले कति बुलेट खरिद गर्नका लागि निवेदन दिएका छन भन्ने कुराको समेत निगमले केही जानकारी दिँदैन । यो केही दिन पछि निर्णय भएपछि सार्वजनिक हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘केही व्यवसायीले आफूले खरिद गर्न चाहेको भनेर निवेदन दिनुभएको छ ।’ घिमिरेले भने, ‘केही दिनपछि निर्णय सार्वजनिक हुन्छ ।’
सूचना सार्वजनिक गर्न डराउनुका पछाडि कमिशनको खेल जोडिएको स्रोत बताउँछ । अहिले बुलेट खरिद गर्न इच्छुक व्यवासायीहरुसंग बार्गेनिङ्ग भईरहेकोले सूचना गोप्य राखिएको आयल निगम स्रोतको दावी छ । निगमले तत्काल ४ सय ४० वटा बुलेट गरीदको लागि तयारी गरेको छ । तर, ८६ जना व्यवसायीले १ हजार वटा बुलेट खरिदाका लागि निवेदन पेश गरेका छन् । ‘त्यसैले बढी कमिसन दिने व्यवसायीलाई अनुमति दिनका लागि बार्गेनिङ्ग चलिरहेको छ ’ निगम स्रोत भन्छ, ‘त्यसैले अहिले विवरण दिन आनाकानी गर्छन् ।’

प्रति बुलेट पाँच लाख कमिसन :
अहिले नेपालमा ग्यास आपूर्ति ढुवानी गरीरहेका बुलेटको सरदर मूल्य १ करोड पर्छ । निगमले यसपटक खरिद अनुमति दिन लागेका ४ सय ५० ट्याँकरको लागि कूल ४ अर्व ५० करोड मुल्य पर्न आउँछ । तर, आयल निगमका उच्च अधिकारीहरुले प्रति बुलेट ५ लाख रुपैयाँ कमिसन मागेको एक व्यवसायीले बताए । ‘हामीसँग प्रति बुलेट ५ लाख रुपैयाँको कुरा भईरहेको छ’ बुलेट खरिदका लागि निवेदन दिएका एक व्यवसायीले भने ‘देशका लागि समस्या परेर बुलेट पनि किन्ने, अनि कमिसन पनि माग्ने, यो त भएन नि भनेका छौँ । यही भएर अझै कुरा मिलेको छैन ।’

– राताेपाटी

वि.सं.२०७२ मंसिर १६ बुधवार १४:१० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...