back

घरमै यसरी बनाउन सकिन्छ, ‘खाना पकाउने ग्यास’

काठमाडौं । मुलुक इन्धन र खाना पकाउने ग्यासको चरम अभावमा रहेका बेला यहाँका एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गरेका छन् ।

करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५ वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा प्रयोग गरी ग्यास उत्पादन गरेका हुन् । ग्यास उत्पादनमा सफल भएको जिकिर गर्दै रदी भन्छन्न्,‘मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले बजारमा पाइने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्छ, मेरो कामको विश्वास लाग्छ भने लगानी गर्ने उद्देश्यले कसैले लगानी गरी सहयोग गरेमा म लमजुङमा नै ग्यासको सफल उत्पादन गर्न सक्छु, मैले उत्पादन गरेको ग्यासलाई अझै प्रशोधन र परिमार्जन गर्न आवश्यक छ, सरकारले सहयोग गरे यहाँ आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिन्छ ।’

हाल उत्पादन भएको ग्यासलाई खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरमा जम्मा गर्दै परीक्षण गरेका उनले प्रभारम्भिक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परीक्षण भएको र अब सरकारले साथ दिएमा दिलोज्यानले लागेर उत्पादन गर्ने सोचमा रहेको बताए । एक लिटर बाँसको पानी, खिर्रोको चोप र सालको धुलो एक÷एक सय ग्राम, एक पोका सोडा र एक लि प्रशोधित पानी मिसाएर मज्जाले घुलन गर्दा आधा किलो खाना पकाउने ग्यास उत्पादन गर्न सकिन्छ ।

सामान्य परिवारमा जन्मिएका मियाले सँगसँगै अल्ट्रालाइटसमेत निर्माण गरेका छन् । यसअघि बनाइएको अल्ट्रालाइटले सफल उडान भर्न नसकेपछि अलि सानो खालको अल्ट्रालाइटको निर्माणमा आफू जुटेको बताए । गाउँमा नै उडान भर्ने क्रममा मैदान सानो भएकाले अल्ट्रालाइटलाई रन वे नपुगेका कारण उडान सफल नभएको उनको भनाइ छ ।

विज्ञार प्रविधिको क्षेत्रमा सहयोग गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले रदीलाई गत असार २१ गते रु ५० हजार राशिको ‘युवा प्रतिभा पुरस्कार’समेत प्रदान गरेको थियो । रासस

वि.सं.२०७२ मंसिर १६ बुधवार २१:१९ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...