
काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।
बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ ।
त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले बढेको छ । यता होटल,अन्य, जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ९५ दशमलव ६७, ५ दशमलव ८८, १ दशमलव ३६ र ० दशमलव ७७ अंकले ओरालो लागेको छ ।
बिहीवार कारोवारमा आएका १ सय ८ कम्पनीको ६ लाख २४ हजार कित्ता सेयरबाट ३६ करोड ६२ लाखको कारोवार भएको छ ।
वि.सं.२०७२ मंसिर १७ बिहीवार १७:४३ मा प्रकाशित