back

१० अर्बको धान उत्पादन घट्यो

Kumari bank ad

काठमाडौं । भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्ष कृषि क्षेत्रले १० अर्ब रुपैयाँ बराबरको धान उत्पादन गुमाउनुपरेको छ। यो क्षतिका कारण यस वर्ष चामललगायत खाद्यान्नको आयात बढ्ने छ। कुल गार्हस्थ्य उत्पादनमा पनि ०.५६ प्रतिशत असर पुग्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै (२१ प्रतिशतसम्म) छ।

चालू वर्षका वर्षे बालीहरूको उत्पादनको प्रारम्भिक अनुमानबारे बुधबार जानकारी गराउँदै मन्त्रालयले धानको उत्पादन गतवर्षको तुलनामा १०.२२ प्रतिशत अर्थात् करिब ४ लाख ८९ हजार टनले घट््ने जानकारी दिएको छ। गतवर्ष ४७ लाख ८८ हजार टन उत्पादन भएको थियो। यस वर्ष ४२ लाख ९९ हजार टन मात्रै हुने प्रारम्भिक अनुमान छ। यस वर्ष ४३ जिल्लामा धान उत्पादन घटेको छ। त्यसमध्ये पनि २ नम्बर प्रदेशमा पर्ने मध्य तराईका सबै जिल्लाहरूमा अघिल्लो वर्षको दाँजोमा उत्पादन घटेको छ। मन्त्रालयको तथ्यांक महाशाखाका उपसचिव हेमराज रेग्मीका अनुसार सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तुमा १५ प्रतिशतले उत्पादन घटेको छ।

मन्त्रालयका सहसचिव सुरोज पोखरेलका अनुसार धानको उत्पादन घट्नुमा केही ढिलो सुरु भएको कमजोर मनसुनका कारण समयमा रोपाइँ हुन नसक्नु, बन्दका कारण रासायनिक मल लगायतको सहज ढुवानी बेलैमा हुन नसक्नु, मध्य तराईमा खडेरी देखिनुलगायत कारण छन्। मधेस आन्दोलनले गर्दा यातायात प्रभावित भएपछि करिब ४० प्रतिशत किसानलाई रासायनिक मल बेलैमा उपलब्ध गराउन नसकेको मन्त्रालयले बताएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा कम अर्थात् करिब ७६ प्रतिशत मात्रै वर्षा भएको थियो। औसतभन्दा कम र वर्षा वितरणसमेत नराम्रो भएकाले धानबाहेक मकै उत्पादनमा पनि असर परेको छ। मन्त्रालयले यस वर्ष सुदूरपश्चिम र पूर्वी पहाडी भेगका १५ जिल्लामा मात्रै धान उत्पादन बढेको तथ्यांक पेस गरेको छ।

अरू १५ जिल्लामा गतवर्षकै हाराहारी र ४३ जिल्लामा धान उत्पादन घटेको देखाएको छ। यस वर्ष तराईलगायत क्षेत्रमा लगाइएको धानमध्ये १ प्रतिशतले काट्न पाएनन्। बाँकीधान उत्पादन हुने कुल क्षेत्रफलसमेत यस वर्ष करिब ६१ हजार हेक्टरले घटेको छ। जुन १५ वर्षयताकै सबैभन्दा थोरै क्षेत्रफल हो भने गतवर्षको दाँजोमा करिब ४ प्रतिशत न्यून हो। १५ वर्षको आँकडा हेर्दा ०६१ सालमा १५ लाख ५९ हजार हेक्टरमा धान खेती भएको थियो।

यस वर्ष १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको छ। धान उत्पादन र क्षेत्रफल मात्रै होइन, यस वर्ष प्रतिहेक्टरमा हुने उत्पादकत्वसमेत गतवर्षको तुलनामा ६.११ प्रतिशतले घटेको छ। यस वर्ष प्रतिहेक्टर ३१ सय ५४ किलोग्राम धान फल्यो। अघिल्लो वर्ष प्रतिहेक्टर उत्पादन ३३ सय ६० किलोग्राम पुगेको थियो।

उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन यस वर्ष गतवर्षको दाँजोमा करिब ४ प्रतिशतले बढ्न गई २२ लाख ३१ हजार टन उत्पादन हुने अनुमान छ। तर कोदोको उत्पादन करिब २ प्रतिशतले घटेको छ। हिमाली भेगलगायत ५० वटा जिल्लामा लगाइने फापर उत्पादन गतवर्षभन्दा बढेको छ।

तेस्रो स्थानमा फल्ने गहुँबालीको गतवर्ष उत्पादन १८ लाख ८३ हजार टन भएको थियो। तर, नेपालमा गहुँको खपत खाद्यान्नमा न्यून छ। नेपालीहरूको दुई छाक भात खाने बानी भएकाले यस वर्ष मुलुकको कुल जनसंख्या २ करोड ८४ लाखलाई करिब ८ लाख टन चामल थप आयात गर्नुपर्ने देखिन्छ।

गत वर्ष नेपालले १ खर्ब ३७ अर्ब हाराहारीको धान, चामलसहित कृषिजन्य वस्तु आयात गरेको थियो। यसमा १४ अर्ब रुपैयाँ हाराहारीको चामल मात्रै थियो।

आफू मातहतका विभाग, केन्द्रीय निर्देशनालय, क्षेत्रीय निर्देशनालय, जिल्लास्थित कार्यालयहरूबाट संकलन गरेका साप्ताहिक बालीनालीको स्थिति, बाली कटानी क्षेत्रगत निरीक्षणलगायत आधारमा प्रमुख बालीहरूको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको राष्ट्रिय तथ्यांक निकाल्ने मन्त्रालयले चामलको आयात घटाउन यस वर्ष मोटो र मध्यम चामलको न्यूनतम समर्थन मूल्य तोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस पत्र पठाइसकेको छ। न्यूनतम समर्थन मूल्य तोकिए तराईका सिमानाबाट भारतमा धान निर्यात रोकिने सम्भावना बढ्छ।

कान्तिपुरबाट

वि.सं.२०७२ मंसिर २४ बिहीवार ०९:४४ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...