
काठमाडौं । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद खालि भए पछि को बन्ने भन्ने दौड सुरु भएको छ। पुस ९ गतेबाट राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रिक्त हुँदैछन्।
महाप्रसाद अधिकारी र गोपाल प्रसाद काफ्लेको पाँच बर्षे सेवा अवधि यहि पुस ९ गतेबाट सकिन लागेपछि दुई डेपुटी भगर्नरको पद खाली भएको हो। काफ्ले र अधिकारी यस अघि राष्ट्र बैंकको गभर्नरमा सिफारिस समेत भएका थिए।
राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन्। तीनै १७ जना मध्येबाट डेपुटी गभर्नरको लागि गभर्नरले ४ जनाको नाम सरकारलाई सिफारिस गर्नु पर्ने हुन्छ। गभर्नरको सिफारिसका ४ जनाबाट सरकारले दई जनालाई डेपुटी गभर्नरमा नियुक्ति गर्ने चलन भए पनि नियुत्तिको लागि तिब्र राजनीतिक प्रतिष्पर्धा हुने गर्छ।
खालि हुन लागेको दुई स्थानमा कांग्रेस, एमाले र एमाओवादी निकट कर्मचारी आफ्नो पल्लाभारी पार्ने पहलमा छन्। कांग्रेस निकट मानिने नारायण पौडेल, श्रीनाथ पाण्डे र त्रिलोचन पंगेनी डेपुटी गभर्नर नियुक्त हुने सुरमा छन् भने एमाले निकटबाट चिन्तामणी सिवाकोटी, जनक अधिकारी र भिष्मराज ढुंगानाको दावी छ।
यता एमाओवादी निकट मानिने डा. मिन बहादुर श्रेष्ठ एक्ला प्रत्यासी हुन्। श्रेष्ठले अर्थशास्त्रमा अष्ट्रेलियाबाट विद्यावारिधी गरेका छन्। उनी आर्थिक, मौद्रिक तथा वित्तीय क्षेत्रको विज्ञ र स्वच्छ छविको कर्मचारीकोरुपमा बैंकिङ क्षेत्रमा चिनिने गर्छन्।
अहिले एमाले, माओवादी लगायत दलको गठवन्धन सरकार छ। अर्थमन्त्री एमालेका विष्णु पौडेल छन्। राष्ट्रबैंक कर्मचारी स्रोतका अनुसार सन्तुलन मिलाउनको लागि पनि एमाले र एमाओवादी निकट कर्मचारी डेपुटी गभर्नरमा नियुक्त हुने सम्भावना छ। गभर्नर डा चिरञ्जीवि नेपाल कांग्रेस निकट मानिन्छ। उनलाई सुशील कोइराला सरकारले नियुक्त गरेका थियो।
वि.सं.२०७२ मंसिर २५ शुक्रवार १७:४१ मा प्रकाशित