back

टेलिकमको मोबाइल रिचार्ज समस्या तत्काल अन्त्य गर्न मन्त्री राईको निर्देशन

serdhanकाठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नेपाल टेलिकमको सेवाप्रति पछिल्लो समयमा ग्राहकको धेरै गुनासो आएको भन्दै टेलिकम पदाधिकारीहरुसँग सोधपुछ गरेका छन् ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहितका सम्बद्ध अधिकारीहरुलाई शुक्रवार मन्त्रालयमै बोलाएर टेलिकमको रिचार्ज र नेटवर्कमा आइरहेको खराबीका बारेमा जानकारी लिएका हुन् ।
‘टेलिकमको रिचार्ज कार्डमा निरन्तर समस्या आएको भनेर मलाई पूर्व मुख्य सचिव लगायतका व्यक्तिदेखि सर्वसाधारणबाट समेत गुनासो आइरहेको छ, तत्कालै यसमा सुधार ल्याउनुस्,’ राईले टेलिकम अधिकारीहरुलाई निर्देशन दिँदै भने ।
टेलिकम पदाधिकारीहरुले भने पछिल्लो समयमा रिचार्ज कार्डमा मुख्यतः ५० रुपैयाँको कार्डमा समस्या देखिए पनि तत्कालै सुधार गर्ने प्रक्रिया चलिरहेको दावी गरेका छन् ।
टेलिकमको सेवामा सुधार गर्नका लागि तत्कालिन र दीर्घकालिन योजना बनाउन आफूले निर्देशन दिएको राईले बताए । राईले हालको समस्या तत्कालै समाधान गरेर आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

वि.सं.२०७२ मंसिर २५ शुक्रवार १८:१६ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...