back
NMB ad

टुरिजमले किन्ने भयो मातृभूमि विकास बैंकलाई

Kumari bank ad

tourism DBकाठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो ।

टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन ।

साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले दश करोड पचासी लाख चौवालिस हजार रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । यो सेयर वितरण पछि बैंकको चुक्ता पुँजी करिब ७५ करोड पुग्छ ।

बैंकले बोनस सेयरको कर प्रयोजनका लागि ०.८४१२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा साधारण सभाबाट स्वीकृति पश्चात वितरण हुनेछ ।

वि.सं.२०७२ मंसिर २५ शुक्रवार १७:०२ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...