back

नेपाली तयारी पोसाकलाई अमेरिकामा भन्सार नलाग्ने

काठमाडौं । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ । अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो ।

‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं,’ तयारी पोसाक उद्योग संघका कोषाध्यक्ष सञ्जय अग्रवालले भने ।

अमेरिकाको क्यालिफोर्निया राज्यकी सिनेटर डायना फेनिस्टिनले नेपाली तयारी पोसाकलाई उक्त सुविधा दिनुपर्ने विधेयक दर्ता गराएका थिइन् । उनले भूकम्पपछि नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको र गरिबीसमेत बढ्न सक्ने भन्दै उक्त सुविधा दिनुपर्ने माग गरेकी थिइन् ।

 उक्त विधेयकमा अमेरिकी सिनेट र हाउस अफ रेप्रिजेन्टेटिभमा छलफल भएर यही डिसेम्बर ९ मा पारित भएको थियो । ‘यो नेपाली पोसाक उद्योगका लागि ठूलो उपलब्धि हो,’ अग्रवालले भने । यसबाट गुमिसकेको अमेरिकी बजारमा नेपाली उत्पादन विस्तार हुने व्यवसायीको अपेक्षा छ ।

सन् २००० देखि क्रमिक रूपमा अमेरिकाले दिँदै आएको कोटा प्रणालीको खारेजी र देशभित्रको माओवादी द्वन्द्वले तयारी पोसाकको अमेरिकी बजार गुम्दै गएको हो ।

सन् २००१ मा नेपालबाट करिब १२ अर्ब रुपैयाँ बराबरको तयारी पोसाक अमेरिका निर्यात भएको थियो । यो २००९ मा आइपुग्दा ५० करोडको हाराहारीमा झरेको थियो । यस अवधिमा करिब ४ सय सानाठूला तयारी पोसाक कारखाना बन्द भए ।

करिब एक लाखले रोजगारी गुमाएका थिए, जसमध्ये ८० प्रतिशत महिला थिए । यसरी बजार गुम्दै गएपछि नेपालले निरन्तर भन्साररहित सुविधाको माग गरिरहेको थियो ।

सुरुमा एसियाली १४ वटा अतिकम विकसित मुलुकलाई भन्साररहित सुविधाको माग गरिएको थियो । त्यसपछि फेनिस्टिन र अर्का सिनेटर किट वन्डले नेपालका लागि पहल गरेका थिए ।

त्यतिखेर राजनीतिक मुद्दाका कारण उक्त सुविधा पाउन सकिएको थिएन । सब सहारन अफ्रिकी मुलुक र अफगानिस्तानले यस्तो सुविधा पाइरहेको भन्दै नेपालका लागि पनि माग गरिएको थियो ।

बंगलादेश र कम्बोडिया जस्ता एसियाली अतिकम विकसित मुलुकको निर्यात बढिरहेकाले पनि अमेरिकाले यसअघि सुविधा दिन मानिरहेको थिएन । भूकम्पपछि भने वातावरण बनेको हो ।

व्यवसायीको व्यापार विविधीकरणले पछिल्लो समय केही सुधार भइरहेको थियो । तर चीन, बंगलादेश, भारतजस्ता मुलुकसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको थियो । व्यवसायीका अनुसार हाल करिब डेढ अर्बको तयारी पोसाक अमेरिका निर्यात भइरहेको छ । ‘भन्साररहित सुविधा पाएपछि पक्कै बजार बढ्छ,’ अमेरिकामा निर्यात गरिरहेको हेरिटेज गार्मेटका सञ्चालकसमेत रहेका अग्रवालले भने ।

यो सुविधाले अब नेपाली उत्पादन चीन, भारत, बंगलादेश जस्ता मुलुकभन्दा पनि १७ प्रतिशत सस्तो हुने भएकाले नेपाली सामानको माग बढ्ने अपेक्षा गरिएको हो । तयारी पोसाकमा अमेरिकाले औसतमा १७ प्रतिशत भन्सारलगायत महसुल लगाउँदै आएको थियो । अब भन्सार विन्दुमा कुनै पनि प्रकारको शुल्क तिर्नुपर्ने छैन ।

तयारी पोसाक पस्मिनाबाहेकका उत्पादनमा अमेरिकाले यसअघि पनि भन्साररहित सुविधा दिँदै आएको थियो । अमेरिकाको लगानी र व्यापार विस्तारका लागि सन् २०११ मा दुई देशबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) भएको थियो ।

टिफा सामान्य सम्झौता भएकाले त्यसमा टेकेर द्विपक्षीय व्यापार सम्झौताको पहल नेपालले गरिरहेको थियो । तर भूकम्पपछिको सहायता स्वरूप विश्वको ठूलो अर्थतन्त्रले द्विपक्षीय सम्झौता नै नभई भन्साररहित सुविधा दिएको छ ।

     -कान्तिपुर

वि.सं.२०७२ मंसिर २६ शनिवार ०८:१८ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौँ महानगरपालिका

सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० असोज ७ आइतवार २१:१७

काठमाडौँ ७ असोज : काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको...

रामेछापबाट लुक्लाको लागि उडान सुरु   

रामेछापबाट लुक्लाको लागि उडान सुरु   

वि.सं.२०८० असोज ७ आइतवार २१:११

मन्थली, ७ असोज : रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु...

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ   

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ   

वि.सं.२०८० असोज ७ आइतवार १८:१५

त्रिशूली (नुवाकोट) ७ असोज : बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर...

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालनमा

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालनमा

वि.सं.२०८० असोज ७ आइतवार १८:०८

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक...

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद   

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद   

वि.सं.२०८० असोज ७ आइतवार १७:४६

एकराज पाठक बेइजिङ, ७ असोज : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको...

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह   

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८० असोज ७ आइतवार १७:३२

एकराज पाठक बेइजिङ, ७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...