मंसिर । विद्रोही संगठन इस्लामिक स्टेट आइएसले तेलको कारोबारबाट वर्षको लगभग ५० करोड अमेरिकी डलर अर्थात ५० अर्ब नेपाली रुपैयाँ कमाउने गरेको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी राजस्व अधिकारीका एडम शुबिनका अनुसार सिरिया सरकार आइएसको तेल खरिद गर्ने मुख्य क्रेता हो । शुबिनका अनुसार तेलको कारोबारबाट आइएसले हरेक महिना ४ करोड डलर आम्दानी गर्ने गरेको अनुमान गरिएको छ ।
टर्कीका केही क्रेताले पनि आइएससँग तेल किन्ने गरेको अमेरिकाले जनाएको छ । आएसको आम्दानीको मुख्य स्रोत आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको तेलको कारोबार, पूरातात्विक वस्तुको कारोबार तथा त्यस क्षेत्रको कर तथा चन्दा असुली हो ।
अमेरिका नेतृत्वको गठबन्धन सेनाले अहिले सिरिया र इराकमा आइएस विरुद्ध हवाई आक्रमण गरिरहेको छ । आइएसको आयस्रोत रोक्नु अमेरिकी नेतृत्वको गठबन्धन सेनाको उद्देश्य हो । आइएसले आफ्नो कब्जामा रहेको क्षेत्रका बैंकबाट एक सय करोड डलर पनि लुटेका अमेरिकाका राजस्व अधिकारीले जनाएका छन् ।
आइएस विदेशी सहयोगमा निर्भर नर्भइ आफैले कमाउने गरेको अमेरिकाको भनाई छ । अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसको मुख्य आयस्रोत तेल ट्यांकरलाई लक्षित गरी हवाई आक्रमण गरिरहेको छ ।
गएको बिहीबार आइएसका एक वित्त प्रमुख नेता मारिएको अमेरिकाले जनाएको थियो ।
– एजेन्सीको सहयोगमा
वि.सं.२०७२ मंसिर २८ सोमवार १३:०४ मा प्रकाशित