back

टिभीबाट एसएलसी तयारी कक्षा सञ्चालन गर्दै डिस होम

dish homeकाठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् ।

गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको जानकारी दिएको छ । एसएलसीमा फेल हुनेमध्ये ९० प्रतिशत विद्यार्थी लाई ती विषय लाग्ने गरेको छ ।

तयारी कक्षाहरु सरकारले निर्धारण गरेको कक्षा १० का पाठ्यक्रममा आधारित हुनेछ । हरेक विषयका कक्षाहरु विहान ६ः३० देखि ९ः३० बजेसम्म प्रसारण हुनेछन् । लोडसेडिङ्गलाई मध्यनजर गरेर कक्षाहरुलाई दिउँसो र राति नियमित पूनप्रसारण हुने कम्पनीले जानकारी दिएको छ ।

अघिल्ला शैक्षिक सत्रहरुमा पनि डिशहोमले यस्ता कार्यक्रम सञ्चालन गरेको थियो । त्यसबाट कक्षा सञ्चालनमा थप प्रोत्साहन मिलेको डिशहोमका नायब महाप्रबन्धक कल्याण अधिकारीले बताए ।

भूकम्प तथा तराइ बन्दक कारण पढाइ प्रभावित भएका बेला दुर शिक्षाले विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...