back

सिभिल बैंकले गर्यो ७ प्रतिशत बोनस दिने प्रस्ताव

Kumari bank ad

civil bankकाठमाण्डौ । सिभिल बैंकले लगानीकर्तालाई गत बर्षको नाफाबाट ६.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले बोनस शेयर प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दुई अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिभिलले गत आर्थिक बर्षमा २३ करोड खुद नाफा गरेको थियो । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी तीन अर्ब १० करोड हाराहारीमा पुग्ने छ ।

धेरै चुक्ता पूँजी रहेको एउटा फाईनान्सलाई आफुमा गाभ्ने बारेमा छलफल चलाईरहेको सिभिलले केही साना कम्पनीहरुलाई गाभेर आफै आठ अर्ब चुक्तापूँजी भएको बाणिज्य बैंक बन्ने प्रयास अघि बढाएको छ तर राम्रा कम्पनीहरु अन्य बाणिज्य बैंकहरुसँग मिसिने पक्का गरिसकेकाले सिभिललाई मुस्किल पर्ने संकेत देखिएको छ ।

एमाले सभासद् एव. व्यवसायी ईच्छाराज तामाड अध्यक्ष रहेको बैंकले हकप्रद शेयर जारी गरेर पूँजी थप्ने संभावना भने कमजोर रहेको बताईन्छ ।

उता बिराटलक्ष्मी बिकास बैंकले लगानीकर्तालाइृ २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १६:२४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...