back

अख्तियारले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन गर्ने

akhitarकाठमाडौ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीले असुविधा व्येहोर्नुपरेको चर्को गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी पुस १ गतेदेखि एक महिनासम्म निरन्तर अनुगमन गर्ने भएको छ ।

विमानस्थलमा रहेका निकायबाट सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधाको उचित प्रबन्ध नभएको सन्दर्भमा व्यापक उजुरी परेको र सम्बन्धित पक्षले पटक पटक सुधार गर्ने प्रतिबद्धता जनाएको भए पनि कुनै सुधार नभएपछि आयोगले अनुगमन गर्न लागेको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका अनियमितता र लापर्बाही लगायत समस्याको अनुभूति हुने गरी सम्बोधन भएको नदेखिएकाले नियमित रुपमा दैनिक दुई समूहले अनुगमन गर्न लागेको जानकारी दिए ।

विमानस्थलमा आगन्तुकले व्यहोर्नुपरिरहेको कठिनाइ, सरोकार भएका निकायबीच समन्वयको अभाव, अतिविशिष्ट कक्षको दुरुपयोग, यात्रुले प्रस्थान तथा आगमनमा झेल्नुपरेको झन्झटिलो प्रक्रिया नियन्त्रण गर्न आयोगले विगतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

पिउने पानीको सहज अनुपलब्धता, ‘ग्राउन्ड ह्यान्डलिङ’मा रहेको बेथिति, कर्मचारीको आचरण तथा व्यवहारसम्बन्धी समस्या, सुरक्षामा लापर्बाही, विमानस्थलबाट हुन सक्ने तस्करी, शौचालय सहित सरसफाइमा हेलचेक्य्राइँ, अनियमितता र भन्सार तथा अध्यागमनको सेवा प्रवाहमा कमजोरी विद्यमान रहेकाले थप अनुगमन गर्नुपरेको आयोगले जनाएको छ ।

 

आगामी एक महिनासम्म आयोगले उच्च अधिकारीको नेतृत्वमा विमानस्थल परिसरमा अनुगमन तथा छानबिन टोली खटाउने जनाउँदै कुनै सूचना भए अनुगमनमा खटिने टोलीलाई जानकारी दिन आग्रह गरेको छ । रासस

वि.सं.२०७२ मंसिर २९ मंगलवार ०६:५३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...