back

चीनबाट २ दर्जनबढी विद्युतीय बस काठमाडौं ल्याइँदै

biddhutiye busकाठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ ।
biddhutiye bus1ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।
चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भएको छ ।
सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा पनि रहेको छ ।
महानगरपालिकाले चीनसँग थप विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले २ दर्जनबढि विद्युतीय बस ल्याउनेछ ।
महानगरपालिकाले प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने तयारी गरेको छ ।
भारतीय नाकाबन्दीपछि इन्धनको अभाव हुँदा नेपालमा विद्युतीय सवारीको आवश्यक्ता महशुस भइरहेका बेला चीनले बसहरु दिन लागेको हो ।

वि.सं.२०७२ पुस १ बुधवार ०६:५६ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...