back

एप्पल ब्राण्डको नेपालकै सबैभन्दा ठूलो शोरुम खुल्दै

LOGO-Lalitpur-Mobile-Complexकाठमाडौं । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन लागेको हो ।
ललितपुर मलमा रहेको कम्प्लेक्समा जी म्यू ढुकु नाममा करिब १५ सय स्क्वायर फीटमा फैलिएको एप्पलको शोरुम अंग्रेजी नयाँ वर्ष २०१६ को जनवरीदेखि संचालनमा आउन लागेको हो । करिब ५० लाख रुपैंया लगानी गरी एप्पलको सबै सामाग्री पाईने शोरुम संचालनमा आउन लागेको हो ।
नेपालकै सबैभन्दा ठूलो उक्त शोरुममा एप्पलका सबै प्रकारका उत्पादनहरु बिक्री गरिने कम्पनीका अध्यक्ष अरुण मानन्धरले जानकारी दिए । उनले भने, एप्पलको यो शोरुमबाट बिक्री गर्ने सबै उत्पादनहरुमा १ वर्षको वारेन्टी दिईनेछ ।
यो शोरुम नेपालकै सबैभन्दा ठूलो र अन्तराष्ट्रियस्तरको एप्पल शोरुम हुने कम्पनीले जनाएको छ । यहाँ एप्पलका आधिकारीक र ब्राण्डेड सामाग्री मात्र बिक्री गरिनेछ । शोरुममा आईप्याड, म्याकबुक, आईपड, आईफोन, एप्पलका सबै ग्याजेटस् र एसेसरिज बिक्री गरिनेछ ।
यहाँबाट उपभोक्ताहरुले एप्पलका सामाग्रीहरुका लागि गुणस्तरीय सर्भिस पनि प्राप्त गर्नेछन् । त्यसैगरी यहाँ एप्पलका उत्पादनहरु खरिद गर्नका लागि एक्सचेन्जको पनि व्यवस्थान गरिएको छ ।
एप्पलको अन्तराष्ट्रियस्तरको शोरुम ललितपुर मोबाइल कम्प्लेक्समा संचालन हुनुले कम्प्लेक्सको सेवा बिस्तार गर्न सहयोग पुग्ने उल्लेख गरेको छ । अब कम्प्लेक्समा अन्य ब्राण्डेड मोबाइलका साथै एप्पलको उत्पादनहरु पनि बिक्री हुनु सुखद हो ।
त्यसैगरी दरवारमार्गमा रहेको ब्ल्याक एप्पल लोगो सहित आफ्नो शोरुम संचालन गरिरहेको कम्पनीले पनि कम्प्लेक्समा आफ्नो शाखा बिस्तार गर्न लागेको छ । कम्पनीले आगामी जनवरीदेखि नयाँ शाखाबाट सेवा संचालन गर्न लागेको हो ।

12386677_729237753876676_1537238543_n
यसैगरी कम्प्लेक्समा नै नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुम यसअघि नै संचालनमा आईसकेको छ । कम्प्लेक्समा ४० भन्दा बढि अन्य मोबाइल पसल संचालनमा रहेका छन् ।

वि.सं.२०७२ पुस १ बुधवार ०७:२८ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...