
काठमाडौ । आईएमई ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल आईएमईले दशैं र तिहारमा प्रस्तुत गरेको “आईएमई वचत दश लाख” योजनाका बम्पर विजेतालाई १० लाख रुपैंया बराबरको चेक हस्तान्तरण गर्दै बम्पर बिजेता बृजेश यादवले शान्ति यादवलाई ईच्छाईएको व्यक्तिमा छनोट गरेका थिए ।
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
रेमिटेन्सको पैसालाई बचत तथा उत्पादनमा लगाउन प्रेरणा प्रदान गर्दै ब्यापार प्रवद्र्धन गर्ने उदेश्यले संचालित यस योजना निर्धारित उदेश्यमा प्रभावकारी रहेको विश्वास कम्पनीको छ ।
वि.सं.२०७२ पुस २ बिहीवार ०७:२३ मा प्रकाशित