back

पेट्रोलियमको आयात ६१ प्रतिशतले घट्यो, ४ महिनामा साढे १ अर्वको भित्रियो

Kumari bank ad

काठमाडौं । भारतीय अघोषित नाकाबन्दीले सीमा अवरोध हुँदा पेट्रोेलियम पदार्थको आयात घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा १ अर्व ५३ करोड ७३ लाख बराबरको पेट्रोलियम आयात भएको छ ।

जुन गत आवको सो अवधिको तुलनामा ६१ दशमलव ८ प्रतिशतले कम हो । गत आवको ४ महिनामा ४ अर्व २ करोड ७६ लाख बराबरको पेट्रोलियम आयात भएको थियो ।

गत बर्ष जम्मा ३७ अर्व १६ करोड ३६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।petrol-nozel

व्यापार घाटा ३८ प्रतिशतले घट्यो

यता तराईको आन्दोलन तथा भारतीय अघोषित नाकाबन्दीले गर्दा गत ४ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार जारी गरेको तथ्यांकले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२÷७३ को चार महिनामा कुल वस्तु आयात ३६ दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुको आयात घटेर १ सय ६० अर्ब ९९ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव ४ प्रतिशतले वृद्धि भई रु. २ सय ५४ अर्ब ६६ करोड पुगेको थियो ।

भारततर्फको सीमा नाकाहरुमा अवरोध हुँदा आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकोले पेट्रोलियम पदार्थको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर नकारात्मक रहन गएको बताइएको छ ।

सो अवधिमा भारततर्फको आयात ४१ दशमलव ८ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएसविलेट, मेशीनरी तथा पार्टपूर्जालगायत वस्तुको आयात घटेको प्रतिवेदनले देखाएको छ ।

त्यस्तै चीनबाट भएको आयात २२ दशमलव ३ प्रतिशतल त्यस्तै चीनबाट मेशीनरी पार्टपूर्जा, टेलिभिजन तथा पार्टपूर्जा, स्टिल रड तथा शीट, विद्युतीय सामाग्री लगायतका वस्तुहरुको आयातमा ह्रास आएको छ । अन्य मुलुकबाट भएको आयात ३१ दशमलव १ प्रतिशतले घटेको छ । अन्य मुलुकबाट चाँदी, कच्चा भटमासको तेल, खाने तेल, कच्चा पाम तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यसैगरी सो अवधिमा वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले ह्रास आएको प्रतिवेदनले देखाएको छ । नेपालबाट वस्तुको निर्यात रु २० अर्ब ९६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु २९ अर्ब ५५ करोड रहेको थियो ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात ३८ दशमलव ७ प्रतिशतले घटेको छ । त्यस्तै चीनतर्फको निर्यात ६७ दशमलव ९ प्रतिशतले र अन्य मुलुकतर्फको निर्यात ७ दशमलव ८ प्रतिशतले घटेको छ ।

भारततर्फ जिङ्क शीट, लत्ताकपडा, जुस, जिआई पाइप लगायतका वस्तुहरुको, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोशाक, लगायतका वस्तुहरुको र अन्य मुलुकतर्पm दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७ दशमलव८ प्रतिशतले घटी रु १ सय ४० अर्ब ४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २६ दशमलव १ प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ४२ दशमलव१ प्रतिशत, २०दशमलव ६ प्रतिशत र ३६ प्रतिशतले घटेको छ ।

वि.सं.२०७२ पुस २ बिहीवार ०८:३४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...