
काठमाडौ । गृहमन्त्री शक्ति वहादुर वस्नेतले व्यवसायीहरुको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेको वताएका छन् । उनले देशको अर्थतन्त्र धानेका व्यवसायी र उद्योगीहरुको सुरक्षामा कुनै कसर वांकी नराखी व्यवसायीक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी समेत दिए । तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भेटमा गृहमन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री वस्नेतले उद्योगी व्यवसायीहरुको सहयोग विना देशको अर्थतन्त्र वलियो नहुने भन्दै उनीहरुको सुरक्षालाई राज्यले नै प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले भने“उद्योगी
व्यवसायीहरुको सुरक्षालाई प्राथमिकतामा राखेर नै राज्यले औद्योगिक्रान्ति अनुरुप औद्योगिक सुरक्षावल गठन गरेको हो”।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा काठमाडौ पुगेको टोलीले गृहमन्त्री शक्ति वहादुर वस्नेत संग भेटी तुलसीपुर ९ दोघरे स्थित ससस्त्र वेश क्याम्पको स्थायित्व र औद्योगीक सुरक्षा वल स्थापना लगायतका विषयमा ध्यानाकषर्ण गराएको थियो । सो अवसरमा मन्त्री वस्नेतले तत्काल प्रक्रिया अगाडि वढाउन सचिवलाई निर्देशन दिएका छन् ।
टोलीले तुलसीपुरको एरपोर्ट नियमित संचालन , इन्धन डिपो स्थापना लगायतका विषयहरुमा विभिन्न मन्त्री एवं नेताहरु संग भेटने कार्यक्रम रहेको तय गरेको छ ।
वि.सं.२०७२ पुस २ बिहीवार १७:२१ मा प्रकाशित