काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।
अन्तिम छनोटमा परेका तीन प्रतिस्पर्धीमा उत्कृष्ठ ठहरिँदै बोर्डका बरिष्ठ अधिकृत रहेका जोशी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
प्रतिस्पर्धामा ६९ दशमलव ५ अंक ल्याएका जोशीले अब ४ वर्ष पर्यटन बोर्डमा सीइओको भूमिका निर्वाह गर्नेछन् ।
चार वर्षपछि बोर्डले सीइओ पाएको हो । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले जोशीलाई प्रमुख कार्याकारीमा नियुक्त गरेको हो ।
अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधारसमेत चयन भएका थिए । तर, जोशी, तुलाधर र महतोलाई पछि पारेर सीइओमा नियुक्त भएका हुन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्ती भएपछि खस्केको पर्यटन क्षेत्रको पुनर्स्थापना गर्न र गिरेको निजि क्षेत्रको मनोबल उच्च बनाइ पर्यटक आगमन बृदि गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा नीजि क्षेत्रले गरेको छ ।
वि.सं.२०७२ पुस २ बिहीवार १८:३५ मा प्रकाशित