back

रेमिट्यान्सको रकमले देश विकास हुन्छ भन्ने लाग्दैन ; प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट प्राप्त अनुदानको रकम र विदेशबाट आउने विप्रेषणबाट देश विकास हुन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले थप नेपालीलाई आप्रवासी कामदारका रुपमा विदेश पठाउन आफू अनिच्छुक रहेको प्रष्ट पारेका छन् ।
सन्देशमा उनले भनेका छन्, ‘सम्भव भएसम्म विश्वका २३ करोड २० लाख आप्रवासीको भिडमा थप नेपालीलाई पठाउने पक्षमा मेरो मञ्जुरी रहदैन । नेपालीहरु नेपालभित्रै काममा संलग्न रहुन् भन्नेमा मेरो जोड रहने छ ।’
तत्काललाई भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार निर्माणका विभिन्न परियोजनाका माध्यमबाट नेपालीलाई आवश्यक पर्ने थप रोजगारी सिर्जना गर्न सकिने विश्वास प्रधानमन्त्रीको सन्देशमा व्यक्त गरिएको छ ।
रोजगारी अभिवृद्धिमा योगदान पुर्‍याउनेलाई पुरस्कार
आगामी दिनमा अदक्ष श्रमिकको रुपमा विदेशमा गई काम गरी स्वदेश फर्किएकाहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटी) तथा सीप–तालिम केन्द्र मार्फत सिप परीक्षण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रवासी श्रमिकको आयलाई लगानी गर्न आवश्यक संयन्त्रको विकास गरिने भन्दै उनले वैदेशिक रोजगारबाट फर्कि स्वदेशमा उत्पादन तथा रोजगारी अभिवृद्धिमा योगदान पुर्‍याउने एक जनालाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने घोषणा पनि गरेका छन् ।
‘प्रवासमा कार्यरत नेपाली नागरिकले आफू कार्यरत मुलुकबाटै निर्वाचनमा मतदान गर्न पाउनु पर्ने मागप्रति म जानकार छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसका लागि वातवारण बनाउन निर्वाचन आयोगसँग समन्वय गरिनेछ ।’ उनले आप्रवासन सुरक्षित मात्रै नभएर त्यसपछिको रोजगारी समेत मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०७२ पुस ३ शुक्रवार १९:३१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...