back
Mega Long Ad

नाकाबन्दी भारतलाई नै घाँडो ;झलनाथ खनाल

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अब उसलाई नै घाँडो भएकाले चाँडै अन्त्य हुने बताएका छन् ।

श्रीअन्तु गाविसमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानमा राम्रा कुरा धेरै भएकाले यसलाई बुझाउन हामी सबैको दायित्व हो भने ।

एक फरक प्रसङ्गमा उनले संसदमा रहेका मुख्य राजनीतिक दलको एकता अझै पनि आवश्यक रहेको बताउँदै संविधानलाई तल्लो तहसम्म बुझाउन सकेमा संविधानका विषयमा रहेको भ्रम अन्त्य भएर जाने बताए ।

अन्तुडाँडालाई नेपालमा मात्र नभएर विश्वमै चिनाउन र होम स्टेको विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउने समेत उनको भनाइ छ । क्षेत्र नं १ निर्वाचन क्षेत्रका बासिन्दाले नेपालको सीमावर्ती समालबुङ र श्रीअन्तुको विकासमा लाग्न उनलाई अनुरोध गरेका थिए । रासस

वि.सं.२०७२ पुस ८ बुधवार ०६:३० मा प्रकाशित

You can share this post!

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:१२

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध...