back
NMB Ad

विश्व चर्चित महिलाको सूचीमा ‘राष्ट्रपति भण्डारी’

काठमाडौं । ‘फोब्स म्यागेजिन’ले सार्वजनिक गरेको यस वर्षका विश्व चर्चित महिलाहरूको सूचीमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी पनि परेकी छन् । फोब्सको सूचीमा पर्ने उनी पहिलो महिला व्यक्तित्व पनि हुन् ।

विश्व प्रख्यात पत्रिका ‘फोब्स’ले हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरूको सूची प्रकाशित गर्दै आएको छ । फोब्सको मूल्यांकन सूचीमा नेपालकी राष्ट्रपति भण्डारी यसपटक परेकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपति हुन् । आफ्नो सिंगो जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित गरेकी भण्डारी राष्ट्रपति हुनुअघि मुलुकको दोस्रो ठूलो पार्टी नेकपा एमालेको उपाध्यक्ष रहेकी थिइन् । नयाँ संविधान जारी भएपछि ११ कात्तिकमा व्यवस्थापिका–संसद्मा भएको निर्वाचनबाट राष्ट्रपतिमा भारी मतले निर्वाचित भएकी थिइन् ।

सूचीमा को– को छन् ?

जर्मन चान्सलर एन्जेला मर्केल : फोब्सको सूचीमा पहिलो नम्बरमा परेकी छिन् जर्मन चान्सलर एन्जेला मर्केल । उनी प्रभावशाली नेतृत्व गर्न सफल सबैभन्दा ‘सेलिब्रिटी’का रूपमा फोब्सको मूल्यांकन छ । सन् २०१५ मा उनले इस्लामिक स्टेट आइएसविरुद्ध चालेको कदम निकै प्रशंसनीय रहन गयो ।

हिलारी क्लिन्टन : अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन फोब्सको मूल्यांकन सूचीको दोस्रो स्थानमा पर्न सफल भएकी छन् । अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा हिलारीलाई सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट प्रमुख दावेदारका रूपमा हेर्न थालिएको छ जसका कारण पनि उनी चर्चाको शिखरमा पुगकी हुन् ।

मेलिन्डा गेट्स : बिल गेट्स पत्नी मेलिन्डा गेट्स तेस्रो सूचीमा रहन सफल भएकी छन्, माइक्रो सफ्ट कम्पनीका मालिक बिल गेट्सकी पत्नी मेलिन्डा गेट्स् । सन् २००० मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन खोलेर पतिसँगै मेलिन्डा समाज सेवामा लागेकी हुन् । फाउन्डेसनले गर्ने समाज सेवाका लागि मेलिन्डाले ३३ अर्ब अमेरिकी डलर बराबर खर्च गरिसकेकी छन् ।

मिसेली ओबामा  : सूचीको दशौँ नम्बरमा परेकी छन् राष्ट्रपति बाराक ओबामाकी पत्नी तथा अमेरिकी प्रथम महिला मिसेली ओबामा । उनले एसियाका विभिन्न ठाउँमा पुगेर बालिका शिक्षा सुलभ बनाउने कार्यमा संलग्न हुादै आएकी छन् ।

चिनियाँ प्रथम महिला पेङ : फोब्सको मूल्यांकन सूचीमा पर्ने अर्की विश्व चर्चिच महिला हुन् चिनियाँ प्रथम महिला पेङ लियुआन । ५३ वर्षीया पेङ चीनमा लोकगायीकाका रूपमा समेत चर्चित छिन् । राष्ट्रपतिको पत्नी भएर पनि उनले फेसन डिजाइन र गायनलाई निरन्तरता दिइरहेकी छन् ।

आङ सान सूची : चर्चाको शिखरमा पुग्न सफल अर्की महिला हुन्, म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूची । करिब साढे दुई दशकपछि म्यानमारमा भएको आम निर्वाचनमा सूचीको पार्टीले दुईतिहाइ बहुमत ल्याएको थियो । तर, उनी भने त्यसभन्दाअघि नै चर्चित भइसकेकी थिइन् । सन् १९९० मा म्यानमारको संसदीय निर्वाचनमा पनि नेत्री सूचीको दलले दुईतिहाई बहुमत ल्याएको थियो । तर, उनलाई प्रधानमन्त्रीको सपथ नै लिन नदिई सेनाले तत्कालै कू गरेर जेल हालेको थियो । दुई दशक सैनिक हिरासतमा बिताएर मुक्त भएपछि उनी पुन: म्यानमारमा प्रजातन्त्रका निमित्त संर्घषरत भइन् र हाल उनको दल नेसनल लिग फर डेमोक्रेसीले आमनिर्वाचनमा बहुमत जित्न सफल भएको छ ।

वि.सं.२०७२ पुस २३ बिहीवार १०:०८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल   

युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल   

वि.सं.२०८१ फागुन २५ आइतवार १३:१७

 काठमाडौँ : चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको...

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:५१

तेहरान  :  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी...

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:४१

काँक्रेविहार : तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै...

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:१७

बेरुत : सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका...

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

वि.सं.२०८१ फागुन २५ आइतवार १२:०६

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विशिष्ट महिलाहरू सम्मानित

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विशिष्ट महिलाहरू सम्मानित

वि.सं.२०८१ फागुन २५ आइतवार ११:४१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल...