back

चन्द्रागिरिमा केबुलकार एक महिना भित्रै (भिडियो सहित)

काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ।
काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ।
आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट दुई हजार पाँच सय ४० मिटर उचाइमा अवस्थित चन्द्रागिरि डाँडामा पुग्न थानकोटबाट सात किलोमिटर दूरी पार गर्नुपर्छ।
थानकोटबाट केबुकारमा यात्रा गर्दा नौ मिनेटमै डाँडामा पुग्न सकिन्छ। चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यकाका साथै अन्नपूर्णदेखि सगरमाथा रहेको महालंगुर हिमशृंखलासम्मको दृश्यावलोकन गर्न सकिन्छ।
मनोरम वातावरणका साथै प्रकृतिले भरिपूर्ण चन्द्रागिरि डाँडामा भलेश्वरम महादेव मन्दिर बन्दैछ।थानकोटदेखि चन्द्रागिरि डाँडासम्मको झन्डै दुई किलोमिटर केबुलकार चढेर यात्रा गर्न पाइनेछ।
https://www.youtube.com/watch?v=MliGNkNXFzY
केबुलकारको एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौ सय मिटर छ, जसले यात्रुलाई रोमाञ्चित बनाउने निर्माण कम्पनीको विश्वास छ। त्यहाँ रिर्सोटको आनन्द लिँदै टप स्टेसनमा पुगेपछि यात्रुले जिप फ्लायर र रक क्लाइम्बिङ गर्न सक्नेछन् भने बोटानिकल गार्डेनसमेत घुम्न पाउनेछन्।
यसैगरी त्यहाँ सिक्स डी थिएटर पनि बन्ने भएको छ। १४ जना क्षमता भएको सिक्स डी थिएटरमा यात्रुले अद्भूत गुणस्तरको तस्बिरसहित फिल्मको मज्जासमेत लिन सक्नेछन्।
मुख्यतया आन्तरिक पर्यटकका लागि लक्षित गरी यो आयोजना निर्माण गरिएको हो। चन्द्रागिरि डाँडामा अवस्थित इच्छापुरेश्वर महादेवको दर्शन गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण थालेको किम्बदन्ती छ। यी महादेवको दर्शन गर्नाले चिताएका कुरा पूरा हुने जनविश्वास छ।
डाँडामा सय बेडको तीन तारे सुविधासहितको रिसोर्ट पनि हुनेछ भने ब्रान्डेड सपिङ मल पनि बन्ने भएको छ, जहाँ अन्तर्राष्ट्रिय ब्रान्डका सामान उपलब्ध हुनेछन्। साथै योजनाअनुसार प्याराग्लाइडिङ, कनफ्रेन्स सेन्टर र अकासे पुल निर्माण हुनेछ। यी सबै निर्माण सक्ने भने अझै १८ महिना लाग्ने फनपार्क प्रालिले जनाएको अन्नपुर्ण पोस्टमा खबर छ।

वि.सं.२०७२ पुस २३ बिहीवार १३:२२ मा प्रकाशित

You can share this post!

ADBL
ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो   

ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो   

वि.सं.२०८० जेठ २१ आइतवार १०:१३

म्याग्दी, २१ जेठ ।  म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८० जेठ २१ आइतवार ०७:०४

काठमाडौं । समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात जेठ...

नेपालको सबैभन्दा सुरक्षित विधुतिय वालेट “आइएमई पे”

नेपालको सबैभन्दा सुरक्षित विधुतिय वालेट “आइएमई पे”

वि.सं.२०८० जेठ १९ शुक्रवार १५:०४

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा...

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती   

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती   

वि.सं.२०८० जेठ १९ शुक्रवार १४:३९

मनाङ, १९ जेठ ।  विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने...

पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न, दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न, दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

वि.सं.२०८० जेठ १९ शुक्रवार १४:३०

काठमाडौं । पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल...

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती   

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती   

वि.सं.२०८० जेठ १९ शुक्रवार १३:२०

जुम्ला, १९ जेठ । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको...