back

नाट्टामा चुनावी गतिविधी बढ्दै

Kumari bank ad

नेपाल ट्राभल्स एण्ड टुर एसोसिएशन (नाट्टा)को आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि जनवरी १७ मा हुने साधारणसभामा विभिन्न प्यानलबाट उम्मेदवारी घोषणा हुन थालेको छ ।

नेपालको पर्यटन व्यवसायको एउटा महत्वपूर्ण अंग बनेको नाट्टाको आगामी निर्वाचनका प्रत्यासीका रुपमा बुधबार मधुसूदन आचार्य समूहले चुनावी टिम सार्वजनिक गरेको छ ।

Madhusudan-Acharya
अध्यक्षका प्रत्यासी मधुसुदन आचार्य

उक्त समूहले सार्वजनिक गरेको कार्यसमितिको अध्यक्षमा आचार्य स्वयं छन् भने प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा दिपेन्द्र कुमार घिमिरे (डिके शर्मा), महासचिवमा सुनिल शर्मा र सह–कोषाध्क्षमा सविता केसी छन् ।

केही पदहरु मिलाउन बाँकी रहेको र सोको जानकारी संभवतः बुधबार बेलुकीदेखि बिहिबार मध्यान्हसम्म पत्रकार सम्मेलनमार्फत गराईने अध्यक्षका प्रत्यासी आचार्यले जानकारी दिए ।

सत्तारुढ नेकपा एमाले समर्थक व्यवसायीहरुको समर्थन प्राप्त आचार्यले आफ्नो टिम व्यवसायीक, दक्ष र समावेशी रहेकाले यसलाई सम्पूर्ण ट्राभल, ट्रेडले विश्वास गरेर विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।

यसअघि मंगलबार शम्भूराज पाठक समूहले पाठककै नेतृत्वमा नाट्टाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । एक होटलमा गरिएको बैठकले पाठकले उठाएको व्यवसायीक टिम समय सान्दर्भिक भएकाले कुनै पनि हालतमा पाठककै नेतृत्वमा टिम बनाएर अघि बढ्ने निर्णय गरेको थियो ।

shambhu_pathak_natta_1
अध्यक्षका प्रत्यासी शम्भु पाठक

पाठकले पनि आफ्नो टिम व्यवसायीक भएकाले सबैको आग्रहलाई सम्मान गर्दै नाट्टामा जान लागको बताए । उनले आफूलाई सहयोग गर्न सबै ट्राभल, ट्रेड व्यवसायीहरुलाई आग्रहसमेत गरेका छन् ।

उता मुलुकको तेस्रो ठूलोा दल एकीकृत नेकपा माओवादी भने आफूहरु अझै पर्ख र हेरको स्थितिमा रहेको र उपयुक्त तथा सम्मानजनक स्थानको खोजीमा रहेको जनाएको छ ।

मुलुकको हरेक क्षेत्रमा राजनीतिक दलको प्रभाव र उनीहरुले चाहेकै व्यक्ति मात्र नेतृत्वमा पुग्ने गरेका कारण व्यावसायिक संस्थाहरु कमजोर बन्दैगरेको गुनासो आमरुपमा आइरहेका बेला मुलुकको अर्थतन्त्रको मजबुत आधार पर्यटन क्षेत्र पनि अछुतो रहन सकेको छैन ।

वि.सं.२०७२ पुस २४ शुक्रवार ०२:२६ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...