back

नाट्टाको आगामी चुनावका लागि आचार्यको नेतृत्वमा प्यानल घोषणा, आयो २४ बुँदे प्रतिबद्धतापत्र

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को १७ जनावरीमा हुन लागेको कार्यसमितिको निर्वाचनमा मधुसूदन आचार्यको प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।

यो प्यानलबाट प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा दिपेन्द्रकुमार घिमिरे र महासचिवमा भीमप्रसाद पन्तले उम्मेद्वारी दिने भएको छ ।   यो प्यानलबाट सचिवमा सुधीरकुमार उपाध्याय, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सह-कोषाध्यक्षमा सविता भट्टराईले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै कार्यसमिति सदस्यमा सितल शर्मा पौडेल, बिनय बस्नेत, युवराज सुवेदी, लक्ष्मण लम्साल, बरुण मेहेता, हरिभक्त श्रेष्ठ, रामकुमार बराकोटी र घनश्याम घिमिरेले सदस्यका लागी उम्मेद्वारी घोषणा गरेका छन् ।

आफ्नो प्यानलको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी आचार्यले संयुक्त व्यवसायिक समूहमा आवद्ध भइ समग्र ट्राभल तथा टुर व्यवसायीबीच बिच पारम्परिक सम्मान, एकता र हितको लागी एकजुट भइ प्रभावकारी भूमिका निर्वाह गर्ने  बताएका छन् ।

यस्ता छन् प्रतिसबद्धता: आचार्य समूहले उम्मेद्वारीसँगै २४ बुँदे प्रतिबद्धता पनि प्रस्तुत गरेको छ । यो समूहले आफूहले सम्पूर्ण रुपमा व्यवसायीको हक र संस्थाको हितका लागि काम गर्ने बताएको छ । यस्तै आइएटिए/बिपिएस/जिडिएसमा देखिएका समस्या सरलीकृत गरी पेयमेन्ट साइकल परिमार्जन गर्न सकिनेसमेत यो समूहले जनाएको छ ।   यो समूहले नाट्टाको अगुवाइमा सुरु गरिएको नाट्टा ट्राभल मार्टलाई निरन्तरता दिन हिमालयन ट्राभल मार्ट आयोजना गर्न सरकार र पर्यटन बोर्डसँग पहल गर्ने पनि जनाएको छ । यस्तै यो समूहले होटल एसोसिएसनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरुलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर/रेट लागु गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

आचार्य समूहले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन पहल गर्ने र काठमाडौं र सीमा क्षेत्रबाट पोखरा जोड्ने राजमार्गको सर्वेक्षणका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

Bizmandu

वि.सं.२०७२ पुस २९ बुधवार १३:१४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...