प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थशास्त्री, निजी क्षेत्रका लगानीकर्ता, विद्युत क्षेत्रका विज्ञ, विश्लेषक पत्रकार लगायत जोसुकैले ‘पण्डित्याई’ छाँटे पनि ‘विद्युत शक्ति थप उत्पादन नगरी’ नेपालको लोडसेडिङ हट्न सक्तैन । यसर्थ यत्ती समयमा लोडसेडिङ्ग हट्छ भन्न यसरी अतिरिक्त विद्युत शक्ति यो समयमा थपिँदैछ भनी पुष्टी गरेपछि आफ्नो भनाईले विश्वासनीयता लिने कुरामा सबैले हेक्का राख्नुपर्छ । यसमा बढी उत्साही भएर ‘रौसिन’ पनि जरुरी छैन, सरकारको उछित्तो काढेर ‘प्रकाण्ड क्रान्तिकारी’ दरिन पनि कसैलाई सुहाउँदैन ।
हाल नेपालमा करिब सात सय मेगावाट विद्युत शक्ति उत्पादनमा छ । यसमा एक चौथाई प्राविधिक एवं चोरीबाट चुहावट भैरहेको छ । हिउँदमा कूल जडित क्षमताको करिब साठी प्रतिशत मात्रै विद्युत शक्ति उत्पादन हुन्छ । यस हिसाबले दैनिक बाह्र घण्टाको लोडसेडिङ्ग अन्त्य गर्न हालको उत्पादनलाई दोब्बर गरी बाह्र सय मेगावाट पु¥याउनु पर्छ । यदी अठार घण्टाको लोडसेडिङ्ग कायम हुने हो भने हालको उत्पादनमा एक सय पचास प्रतिशतले बृद्धि गरी पन्ध्र सय मेगावाट पु¥याउनु पर्छ । यो सामान्य अनपढले पनि सहजरुपमा बुझ्ने कुरा हो । अब प्रश्न उठ्छ, छ–सात सय मेगावाटको वर्तमान विद्युत शक्ति उत्पादनको स्तरलाई पन्ध्र सय मेगावाटमा कसरी पु¥याउन सकिन्छ त ?
पहिलोकुरा : ४५६ मे.वा.को माथिल्लो तामाकोशी सम्पन्नताको संघारमा छ । ठेकेदारसँगका केही गलफत्ती र दोलखा एवं रामेछापका जनताले पाउने शेयर बारे कुरा नमिलेको भन्ने सुनिएको छ । यसको गाँठो फुकाउने कसरतमा जुटी तत्कालै ‘दूधको दूध पानीको पानी’ छुट्याउनु पर्छ ।
दोेस्रोकुरा : कुलेखानी–३ बाट १४ मे.वा. विद्युत शक्ति उत्पादन गर्ने काम २÷४ वर्ष पहिल्यै सम्पन्न हुनुपर्दथ्यो । यसमा किन विलम्ब भएको छ । सम्बन्धित अधिकारीहरुको पुच्छर निमोठी यस योजनालाई सम्पन्न गर्नुपर्छ ।
तेस्रोकुरा : कोरियाली एग्जिम बैँकबाट शुरुमा ४५ मिलियन अमेरिकी डलर ऋण सहायता लिएर निर्माण आरम्भ गरिएको ३० मे.वा. को चमेलिया जलविद्युतमा चिनिया ठेकेदारले ‘सिभिल वर्क’ मा किन विलम्ब गरेको छ, त्यसपछि कोरियन ठेकेदारले ‘इलेक्ट्रोमेकानिक्स’ को काम आरम्भ गर्न उपकरणहरु निर्माणस्थलमा ल्याई पु¥याएको छ कि छैन ? सो को अनुगमन गरी यसको निर्माण सम्पन्न गराउनु पर्छ ।
चौँथोकुरा : भारतीय लगानीकर्ता जिएमआरले अपर कर्णाली र अपर मस्र्याङ्गदीबाट १५०० मे.वा.जलविद्युत उत्पादन गर्न निर्माण आरम्भ गरेको छ । यसमा कुन राजनीतिक दल र स्थानीय जनतबाट के अवरोध पुगेको छ र कसरी अवरोध हटाउन सकिन्छ भनी पहल गर्नुपर्छ ।
पाँचौँकुरा : अर्को भारतीय लगानीकर्ता सतलजले करिब ४०० मे.वा.को अरुण–३ मा निर्माण आरम्भ गरेको छ, यसलाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ ? पहल गर्नुपर्छ ।
छैठौँकुरा : एडिवी, जाईका, ईआईवी लगायतको लगानीमा निर्माण हुने १४० मे.वा. को तनहुँ जलविद्युत आयोजनामा निर्माणको कामले किन गति लिएन ? बुझेर तत्कालै निर्माण आरम्भ गराउनुपर्छ ।
सातौँकुरा : ७५० मे.वा.को वेष्ट सेतीमा चिनिया कम्पनी थ्री गर्जेजले किन निर्माण गर्न आनेकानी गरिरहेको छ, उसलाई चित्त बुझाएर निर्माणको काम आरम्भ गराउनुपर्छ ।
कृष्णहरि बाँस्कोटा
एउटा जलविद्युत आयोजनाको जिम्मेवारी एउटा एउटा मन्त्री र सचिवलाई दिएर आपसमा सकारात्मक प्रतिस्प्रधा गराई अतिरिक्त विद्युत शक्ति उत्पादन गर्ने अभियान चलाउन सके वा यस्तै श्रृजनशील विचार राखी सकारात्मक सोचका साथ थप विद्युत शक्ति उत्पादन गर्न सके मात्रै मुलुकबाट लोडसेडिङ्ग हट्छ । ‘भाषण र आलोचनाको मूल्य शुन्य छ’ भन्ने सबैले बुझी कुरा होईन काम गरौं भन्ने सल्लाह दिन चाहन्छु ।
आठौँकुरा : काठमाडौं, चितवन र पोखराको मध्यभागमा पर्ने बुढी गण्डकी जलविद्युत आयोजनाबाट १२०० मे.वा. विद्युत शक्ति निकाल्ने गरी फिजिविलिटी स्टडी, डिपिआर र प्रोकोरमेण्ट डकुमेण्ड एक अन्तर्राष्ट्रिय ख्याती प्राप्त फ्रेन्च कम्पनीले तयार गरेको छ । यसमा प्रत्येक वर्ष सरकारले २५ देखि ४० अर्ब लगानी गरेमा आगामी ७ वर्षमा पूरा हुनेछ ।
नबौँकुरा : हाल जतिवटा जल विद्युत आयोजना छन्, तिनको मर्मत संभार गर्ने र पानीको मात्रा वृद्धि गरी एउटा–एउटा टर्वाइन थप गरी कति अतिरिक्त विद्युत शक्ति उत्पादन गर्न सकिन्छ एक–एक गरेर विश्लेषण गरी कार्यादेश जारी गर्नुपर्छ ।
दशौँकुरा : कुन–कुन स्थानमा आगामी कति समय भित्र कति मेगावाट सोलार शक्ति उत्पादन गरी विद्युत शक्ति उत्पादन बढाउन सकिन्छ, त्यसको योजना स्वीकृत गरी प्यालन राख्ने, व्याट्री जडान गर्ने र ट्रान्समिशन तान्ने काम आरम्भ गर्नुपर्छ ।
एघारौँकुरा : नेपालमा रहेका कुन–कुन चिनी मिलबाट के कति विद्युत उत्पादन गर्न सकिन्छ, सो को विश्लेषण गरी सम्झौता गरेर अगाडि बढ्नुपर्छ ।
बाह्रौँकुरा : हाल निजी लगानीकर्ता मध्ये कसको निर्माण कार्य संघारमा पुगेको छ कसको निर्माणमा के बाधा परेको छ, सो बुझी सिघ्र काम सम्पन्न हुने प्रत्याभूति दिनुपर्छ । यसबाट मात्रै एक दुई वर्षमै करिब २०० मे.वा. अतिरिक्त विद्युत शक्ति प्राप्त हुनेछ ।
तेह्रौँकुरा : अपर त्रिशुलीमा कोरियाली लगानीबाट २१६ मे.वा. जल विद्युत उत्पादन गर्ने काम निर्माणको चरणमा गयो गएन कस्ले हेरेको छ ?
चौधौँकुरा : नेपालसँग प्रोजेक्ट बैँकमा कतिवटा जल विद्युत आयोजना छन् र कुन–कुन दातासँग कुराकानी भैरहेको छ, यसमा हामी कसैले हेक्का गरेका छौं ?
पन्ध्रौँकुरा : नेपाली सेनालाई १०० मे.वा. जल विद्युत उत्पादन गर भन्न सकिन्न ? निजामती कर्मचारीले एक वा दुई महिनाको तलब योगदान गरी १०० मे.वा. जल विद्युत उत्पादन गर्ने योजना कहाँ पुग्यो ? एनआरएनले १०० मे.वा. जल विद्युत उत्पादन गर्छौंभनेको कुरा किन व्यवहारमा रुपान्तरित भएन ?
यस्ता यर्थाथपरक कुरामा गएमा आज नभए पनि भोलि नेपालबाट लोडसेडिङ्ग हट्नेछ । यसरी एउटा–एउटा जलविद्युत आयोजनाको जिम्मेवारी एउटा एउटा मन्त्री र सचिवलाई दिएर आपसमा सकारात्मक प्रतिस्प्रधा गराई अतिरिक्त विद्युत शक्ति उत्पादन गर्ने अभियान चलाउन सके वा यस्तै श्रृजनशील विचार राखी सकारात्मक सोचका साथ थप विद्युत शक्ति उत्पादन गर्न सके मात्रै मुलुकबाट लोडसेडिङ्ग हट्छ । ‘भाषण र आलोचनाको मूल्य शुन्य छ’ भन्ने सबैले बुझी कुरा होईन काम गरौं भन्ने सल्लाह दिन चाहन्छु ।