back
NMB ad

पर्यटकको आवगमन बढाउनका लागि हाम्रो उम्मेदवारी : उम्मेदवार

Kumari bank ad

 

काठमाडौँ, ३ माघ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को ३ माघ (आज) ५२ औँ साधारण सभा सुरु भएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचनमा मधुसुदन आचार्यको समूह र मिहिका धाख्वाको समूह चुनावी मैदानमा छन् । साधारण सभा होटल याक एन्ड यतिमा सुरु भएको छ ।

००००

cn panday

अर्घाखाँचीमा जन्मेर २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय सिएन पाण्डे आमव्यवसायीबीच नयाँ र अपरिचित नाम होइन । पोखराबाट व्यवसाय सुरु गरेका पाण्डे नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)मा रहेर काम गरेकै हस्ताक्षर हुन् । नाट्टामा हुन लागेको नयाँ निर्वाचनमा उनी प्रथम उपाध्यक्षमा उम्मेवदार छन् । आगामी योजना, व्यवसायीले भोग्नु परेका समस्यालाई लिएर गरिएको कुराकानीः

नाट्टाको निर्वाचनमा तपाईंंका एजेन्डा के के छन् ?

नाट्टाको चुनावमा मधुसुदन आचार्यको समूहबाट म प्रथम उपाध्यक्षमा उम्मेदवारी दिँदैछु । यसअघि द्वित्तीय उपाध्यक्षको रुपमा काम गरिसकेको छु । विगतमा हामीले धेरै काम गरेका छौँ, केही काम गर्न बाँकी छ । व्यवसायीको हकहितका लागि काम गर्नुपर्ने अवस्था छ । भूकम्प र नाकाबन्दीबाट सिर्जित समस्यालाई ध्यान दिँदै पर्यटकको आवगमन बढाउने कामलाई उचाइमा पुर्याउनु पर्छ, त्यसका लागि हाम्रो उम्मेदवारी हो ।

अहिले द्वित्तीय उपाध्यक्षमा हुनुहुन्छ, यो अवधिमा के के काम गर्नु भयो के काम गर्न बाँकी छ ?

२०१४ को निर्वाचनमा विभिन्न समूहका साथीहरु विजयी हुनुभयो । मिश्रित परिणाम आयो । संघसंस्थामा रहेर काम नगरेका साथीसँग काम गर्दा निकै समस्या भए । आफ्नो लक्ष्य हासिल गर्न सकिएन । मेरो पनि कतै भूमिका होला । म द्वित्तीय उपाध्यक्ष भएपछि त्यसमा मुख्य भूमिका निर्वाचन गर्न सकिनँ ।

मैले करका विषयका विषयमा सरोकारवाला निकायमा निकै छलफल गरियो । अहिले हामीले सबै सदस्यलाई एउटै र दक्ष समूहलाई निर्वाचित गरेर पठाउन आग्रह गरेका छौँ । मतदान गर्दा हाम्रो समूहलाई हेर्नुहोस्, हामीले व्यवसायीका हकहितमा गरेको काम हेर्नुहोस् र मतदान गर्न आग्रह गरेका छौँ । व्यवसायीका भइपरी आएको समस्या समाधान गर्न सरकारसँग लबी गर्ने स्वदेश तथा विदेशमा पर्यटक प्रवद्र्धन, पर्यटक बसमा भएका समस्या, घुम्ने क्रममा भएका समस्या, होटलले गरेका विभेदकारी दररेटका समस्या, आएका समस्या समाधान गर्न हामी दत्तचित्त भएर लागेका छौँ ।

नाट्टालाई भावी समयमा कसरी अगाडि बढाउनु पर्छ ?

नाट्टा आफैँमा गैरराजनीतिक संस्था हो । नेपालका पर्यटकसम्बन्धी संस्थामा सबैभन्दा पुरानो संस्था हो । यसका गतिविधि गैरराजनीतिक हुने गर्छन् । हामी सदैव सरकारको नजिकमा रहेर काम गर्ने गर्दछौँ । यसका लागि हामीले आगामी दिनमा पनि विषेश पहल गर्ने नै छौँ । हामीले आम व्यवसायीको माझमा २४ सूत्रीय घोषणापत्र पुर्याएका छौँ । घोषणापत्रमा भएको समस्या समाधान गर्न प्रयत्न छौँ ।

नाट्टामा राजनीति छैन, गैर राजनीतिक भन्नुभयो । तपाईंंहरु किन विभिन्न पार्टीको प्यानल गएर निर्वाचनमा होमिएको त ?

हामी सबै व्यवसायी १० वर्ष भन्दा बढी समयदेखि नै लागि परेका छौँ । नाट्टामा राजनीतिक होइन, व्यवसायिक गठबन्धन हो । हामी सबै एक छौँ । जुन समूह आएपछि व्यवसायीका समस्या समाधान गर्न हो । जसले जिते पनि सहकार्य गर्न तयार छौँ ।

निर्वाचनमा व्यवसायीले तपाईंंलाई नै किन मत दिने ?

यो विषय व्यवसायीलाई छाड्न चाहन्छु । २५ वर्षदेखि म यो व्यवसायमा छु । सबैलाई थाहा छ, पर्यटन व्यवसायको अभिन्न पात्र हुँ । व्यवसायीको समस्याको साझा पहिचान हुँ । त्यसकारण व्यवसायीले नै च्वाइस गर्नु हुनेछ । आफनो हितमा काम गर्ने मान्छे व्यवसायीले छनोट गर्नु हुनेछ । लामो समयदेखि समस्या समाधान गर्ने कामममा लागिरहेको छु । समस्या समाधान गर्ने सवालमा मसँग मिसन, भिजन छ ।

००००
bhim prasad panta

धादिङको गजुरीमा जन्मेका भीमप्रसाद पन्त पर्यटन व्यवसायमा लाग्नुअघि शिक्षण पेसामा थिए । म्याग्निफिसियन्ट ट्राभल्स एन्ड टुर, म्याग्निफिसियन्ट हिमालय ट्रेक्स, म्याग्निफिसियन्ट ब्लु होटलका साथै टुरिज्म डेभलपमेन्ट बैंकका निर्देशक छन् । नाट्टा निर्बाचनमा महासचिवका प्रत्यासी हुन् , पर्यटन  बोर्डमा भएका भ्रष्टचारको छानबिनमा प्रभावकारी भूमिका निर्वाह गरेका पन्तसँगको कुराकानीः

के छ तपाईंको चुनावी एजेन्डा ?

निर्वाचनमा हामी व्यक्तिगत एजेन्डा लिएर जाँदैनौ । संस्थागत एजेन्डा लिएर जाने सोचमा छौँ । समग्र व्यवसायीका हितमा काम गर्ने छौँ । नाट्टाको भएको उचाइ गिर्दो अवस्थामा छ । यसको उचाइ बढाउने सवालमा काम गर्नेछौँ । त्यसका लागि म महासचिवका साथै टिम नै लागिपरेका छौँ ।

नाट्टामा के छ वर्तमान समस्या ?

नाट्टाको इतिहासमा सिडियो कार्यालयमा गएर उजुरी दिएर कार्यसमिति सदस्यबीचमा झगडा भएको यो पहिलो इतिहास हो । यो समस्या समाधान गर्न अध्यक्ष डिबी लिम्बु तथा महासचिवलाई फोन गरेको थिएँ । त्यसले नाट्टाको उचाई बढाउने हैन घटाउने काम गर्छ भनेको थिएँ । पछि उहाँहरुले सिडियो कार्यालयमा आफैँ गएर निवेदन फिर्ता लिनुभयो ।
यस्तै आइटाको पेमेन्टका कुरा, टे«डलाई बेफाइदा हुने विषयमा काम गर्नुपर्छ । त्यसका लागि हामी काम गर्न तयार छौँ ।

आइटाको विषयमा किन यत्रो विवाद देखिएको ?

प्रतिमहिना दुईपटक पैसा तिर्नुपर्ने परम्परा थियो । यसले गर्दा व्यवसायीले १५ दिनमा पैसा चलाउने पाउने थिए । अहिले सात–सातदिन दिनुपर्छ । सात दिनमा पैसा तिर्न नसके पछि ऋणमा भए पनि ल्याएर दिनुपर्ने बाध्यता छ । पुरानै प्रक्रियामा लैजाऔँ । १५ दिनको समयमा लैजान हामी प्रयत्न गर्नेछौँ ।

नाट्टालाई भविष्यमा कस्तो बनाउनु पर्ला ?

पर्यटक व्यवसायी संस्थामध्ये पुरानो संस्था हो । यसले सबै व्यवसायीको संयुक्त आवाज उठाउन सक्छ । व्यक्तिगतरुपमा उठाएको आवाजले सक्दैन । यसका लागि भविष्यमा काम गर्नुपर्छ ।

अहिले व्यवसायीको समस्या के–के छन् ?

म २०१० देखि ०१२ सम्म कार्यसमितिमा रहेर काम गरेँ । त्यो समयमा राष्ट्रिय ध्वजाबाहकलाई लथालिंग बनाउनु हुँदैन भनेर प्रयत्न गरियो । त्यो विषय मैले कार्यसमितिमा पेस गरेको थिएँ । सवारीसाधनमा हरियो र रातो नम्बर प्लेटको समस्या छ । पोखरामा रातो नम्बर प्लेट ३० हजारमा परिवर्तन गर्न सकिन्छ । बारा–पर्सामा पनि सकिन्छ । काठमाडौँमा किन सकिन्न । यो विषयमा काम गर्न जरुरी छ । यसले काम होइन, नीति परिवर्तनमा सहयोग गर्ने हो ।

व्यवसायीले तपाईंलाई नै किन मतदान गर्ने ?

मलाई नै मतदान गर्नु भन्नुभन्दा पनि व्यवसायीले नै मलाइ बुझ्नु भएको छ । १९८९ देखि यो व्यवसायमा छु । यसका लागि दिनु पर्ने योगदान बाँकी नै छ । त्यो आवश्यक पूरा गर्ने छु ।

००००
sudhir kumar upahya

पर्सामा २०२४ मा जन्मिएका सुधीरकुमार उपाध्यायले काठमाडौँमा आमा ट्राभल्स सञ्चालनमा ल्याएका छन् । १९९१ देखि उनले यो ट्राभल्स सञ्चालनमा ल्याएका हुन् । त्यसअघि एयरलाइन्समा आठ वर्ष काम गरेका उनको बसाई हिमाली जिल्लामा रह्यो । त्यो समय पर्यटकीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पर्यटन व्यवसायमा लागेका उपाध्याय नाट्टाको सचिव पदमा उम्मेदवार छन् ।

तपाईंसँग के छ चुनावी एजेन्डा ?

नाट्टा १९६६ मा स्थापना भएको पर्यटन क्षेत्रमा सबैभन्दा पुरानो संस्था हो । नाट्टाले हिमालय मार्टलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्छ । बीचमा तीन वर्षदेखि हुनसकेको छैन । भूकम्प र नाकाबन्दीलले परेको असरमा यो कोसेढुंगा सावित हुनसक्छ । टिकटको समस्या समाधान गर्न आइटा छ । यसमा पनि केही समस्या देखिएको छ । यो समस्या समाधान गर्न २०१० देखि काम गरिरहेको छ । यो विषयमा सबै सदस्यलाई जानकारी नै छ । बोर्डका साथीले यसमा नदेखिने तरिकाले खेल्नुभयो । भूकम्पले ध्वस्त भएको समयमा पेमेन्ट साइकल घटाउने विषयमा धेरै काम गरियो ।

यस्तै व्यवसायीको अर्को समस्या पर्यटन बसपार्क हो । पर्यटन ऐनमा विदेशीलाई मात्र पर्यटक भनिएको छ । यसलाई संशोधन गर्नुपर्छ । आन्तरिक पर्यटकलाई पनि पर्यटक उल्लेख गर्नु पर्ने अवस्था छ । यसका लागि सरकारसँग छलफल गर्नुपर्छ ।

आगामी दिनमा नाट्टालाई कसरी अगाडि लैजानु पर्ला ?

नेपाली मात्र होइन, विदेशीले समेत भन्ने गरेका छन् नेपालमा संस्था धेरै भयो । सक्रियरुपमा काम गर्ने १७–१८ संस्था रहेका छन् । केही संस्थालाई मर्ज गराएर अघि बढ्नु पर्ने टड्कारो समस्या छ । सबै संस्थालाई जम्मा गरेर तीन संस्था बनाए हुन्छ । देश संघीयतामा गइसकेको छ । राज्य बन्छ, त्यो समयमा काममा समन्वय गर्न सहज हुने संस्था विकास गर्नुपर्छ । माउन्टेन र एडभेन्चरका लागि एउटा, होटलको एक र टुर अनि ट्राभल्सको एउटा संस्था हुनु जरुरी छ । यति भए सरलीकरण हुने थियो । सरोकारवाला संस्थामा समन्वय गर्न सहज हुने थियो ।

निर्वाचनमा व्यवसायीले तपाईंलाई नै किन मत दिने ?

सन २००२ देखि काम गरिरहेको छु । नाट्टामा सन २०१० मा आवद्व भएको हुँ । पहिलोपटक हेरिटेज साइट हेर्ने गरेको थिएँ । नाट्टा व्यवसायीको सहयोगमा चलेको संस्था हो । त्यसकारण सदस्यको हितविपरीत काम गर्नु हुँदैन । यो संस्थाले टप १० लाई मात्र देख्नुहुँदैन । सबै सदस्यलाई समान व्यवहार गर्नुपर्छ । मैले जहिले पनि १० जनाको होइन, चार सय ९० को काम हुनुपर्छ भनेर टेबुल ठटाउने गरेको छु । २०१० मा पेमेन्ट साइकलको विषयमा पदाधिकारी एककातिर र म एकातिर थिएँ । पछि व्यवसायीले भोट गर्दा ८७ प्रतिशतले मेरा पक्षमा मतदान गरे । यस्तो काम गरेको छु मैले । व्यवसायीको हितमा काम गर्नु मेरो कर्तव्य हो ।

वि.सं.२०७२ माघ ३ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...