
माघ ४ काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैंकका नव निर्वाचित अध्यक्ष जिन लिक्वीनका बीच नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा द्धिपक्षीय छलफल सम्पन्न भएको छ ।
उक्त अवसरमा अर्थमन्त्री पौडेलले जीनलाई अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिंदै कार्यकाल सफलताका लागि शुभकामना दिए । अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकासको अपरिहार्यता उल्लेख गर्दै जलविद्युत उत्पादन, प्रशारण र यातायात क्षेत्रको विकासमा एसियाली पूर्वाधार विकास बंैकबाट सहयोगको अपेक्षा गरेका छन् । उनको प्रत्यूत्तरमा अध्यक्ष जीनले बैंकको स्थापनामा नेपालले खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गरे ।
जीनले नेपालमा कार्यान्वयनयोग्य परियोजना तयारी हालतमा भए चालू वर्षमै कार्यान्वयनमा लैजान बैंकले प्रयास गर्ने उल्लेख गरे । साथै उपयुक्त परियोजनाका पहिचान गरी बैंक समक्ष सिफारिश गर्न आग्रह गरेका छन् ।
वि.सं.२०७२ माघ ४ सोमवार १४:४६ मा प्रकाशित