
काठमाडौँ । टाटा गाडीहरुको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आजदेखि एक्सचेन्ज फेस्टिभलको शुरुवात गर्ने भएको छ ।
देशका विभिन्न शहरमा टाटाका गाडीहरुको एक्सचेञ्ज गर्न चाहने ग्राहकहरुका लागि उचित मूल्य प्रदान गर्ने लक्ष्य सहित यो योजना अगाडी सारिएको कम्पनीले बताएको छ ।
आफ्ना ग्राहकलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त फेस्टिभल काठमाडौं र बुटवलमा सञ्चालन गरिने कम्पनीले बिहीबार विज्ञप्ति मार्फत बताएको छ । जसअन्तर्गत माघ ८ गते बुटवल, माघ ९ गते काठमाडौंको थापाथली, माघ १० गते ललितपुरको जावलाखेल र माघ ११ गते तिलगंगामा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म एक्सचेञ्ज अभियान सञ्चालन हुने कम्पनीले बताएको छ ।
उक्त फेस्टिभलमा ग्राहकहरुलाई पुरानो कारहरुको सही एक्सचेन्ज मूल्याङ्कन, फ्रि वासिङ्ग कुपन, प्रत्येक मूल्याङ्कनमा आकर्षक उपहार र आकर्षक एक्स्चेन्ज बोनस समेत प्रदान गरिने बताईएको छ । कम्पनीले सबै मोडलका पुराना कारहरु साटेर टाटाको नयाँ एवम् आकर्षक कारहरु प्राप्त गर्न सकिने बताएको छ ।
वि.सं.२०७२ माघ ८ शुक्रवार १०:०४ मा प्रकाशित