back

रातपरेपछि चार मन्त्रीले गरे आयल निगममा अनुगमन

श्रीहरि थापा

काठमाडौं । नेपाल आयल निगमको भण्डारण डिपो थानकोटमा शुक्रबार राती चार मन्त्रीले स्थलगत अनुगमन गरेका छन् ।
डिपोको भण्डारमा पर्याप्त तेल भएर पनि उपभोक्ताले नपाएको समाचार सार्वजनिक भएपछि चार मन्त्री सल्लाह गरेर स्थलगत निरिक्षणमा निस्किएका थिए । अर्थ मन्त्री विष्णु पौडेल, आपुर्ति मन्त्री गणेशमान पुन, गृह मन्त्री शक्ती बस्नेत र वातावरण मन्त्री विश्वेन्द्र पासवानले डिपोको भण्डारण स्थल र कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।

12607109_10153951669535229_1573944095_n
कार्मचारीलाई अग्रिम सूचना दिएर अनुगमनमा पुगेका मन्त्रीले डिपोमा पुगेर खासै उल्लेखनीय कुनै अनुगमनको काम गरेनन् । मन्त्रालयको काम सकेर सिंहदरवाबाट आयल निगमका हाकिमहरु र सुरक्षा गार्डलाई लावालस्कर लगाउँदै, साइरन बजाउँदै थानकोट पुगेका चार मध्ये आपुर्ति बाहेक तीन मन्त्री आधा घण्टा समय विताएर फर्किए । आपुर्ति मन्त्री गणेशमान पुन भने एक घण्टा बसेर निस्किएका हुन् ।

12584015_10153951667495229_1649812588_n
संगै आएका अरु मन्त्री हिडे पनि विभागिय मन्त्रीका हैसियतमा पुन कर्मचारीसंग तथ्यांक केलाउँदै थिए । वितरण भएको र मौज्दात रहेको विवरण लिएपछि मन्त्री पुनले अहिले आएको हाहाकार प्रति सरकार गम्भिर विकल्प खाज्दै गरेको बताए । मन्त्री पुनले निगमले चुस्त काम गर्न नसकेकोले समस्या बाहिर आएको बताए । निगमल् वितरण योजना बनाउन नसकेको मन्त्री पुनले बताए ।
डिपो प्रमुखले भने समयमा मन्त्रालयले निर्णय गर्न नसक्दा वितरणमा समस्या भएको बताए ।

12576367_10153951668005229_1431580686_n 12575891_10153951667610229_1272028434_n

वि.सं.२०७२ माघ ८ शुक्रवार २०:५० मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...