back

विद्युतीय बस हेर्न सरकारी टोली चीन प्रस्थान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा औपचारिक सम्झौता हुने भएपछी काठमाडौँ   उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो।
electric_cars china 2
काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्ने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही दिनमा फर्किनेेछ। महानगरपालिकाको प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीको नेतृत्वमा राजस्व महाशाखा प्रमुख महेश काफ्ले, सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख शिव अधिकारी र प्राविधिक प्रमोद डंगोल अघिल्लो शनिवार सांघाइ पुगेका थिए।

‘सरकारी स्तरबाटै पहल भएकाले टोलीले काठमाडौं मैत्री विद्युतिय बसको अध्ययन गर्न पुगेको हो,’ महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘उनीहरु आइसकेपछि बसको मूल्य र अवस्थाको आधारमा ल्याउँने प्रक्रिया सुरु हुन्छ। संभावना भए सरकारलाई पनि अनुरोध गर्छौ।’

bidhutiya-bas
प्रधानमन्त्रीका प्रमुख सल्लाकार विष्णु रिमालले पनि सरकारी पहलमै टोली पठाइएको हुनसक्ने संकेत दिए। परराष्ट्रमन्त्री समेत रहेका थापा चीन पुगेकै बेला भएका छलफलाई अनुकुल पार्न टोली पुगेको हुनसक्ने रिमालले बताएको नागरिकन्युजले खबर लेखेको छ।

वि.सं.२०७२ माघ १० आइतवार ११:०८ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...