back

नाका खुकुलो भए संगै सबै पम्पबाट तेल दिने आयल निगमको तयारी

काठमाडौँ । संबिधानमा पहिलो संशोधन भएलगत्तै पाँच महिनादेखि भारतले लगाएको अघोषित नाकाबन्धी खुकुलो भएको छ । सिमा क्षेत्रका नाकामा सहजता देखिन थालेपछि नेपाल आयल निगमले अर्को साताबाट सबै निजी पम्पबाट इन्धन वितरण तयारी गरेको छ ।

केहिदिन अघि अर्थ, गृह र आपूर्ति मन्त्रीले आयल निगमको मुख्य भण्डारण डिपो थानकोटमा आकस्मिक अनुगमन गरेर भण्डारण र वितरण प्रणाली बारे जानकारी लिएका थिए । मन्त्रीहरुले अनुगमन गर्दा पछिल्लो आयातमा सुधार भएको उपत्यका बाहिर रहेका तीन डिपोको इन्धन उपत्यका भित्र्याउँदा सहज वितरण गर्न सकिने जानकारी पाएका थिए । अनुगमन लगत्तै भित्र्याउन निर्देशन दिएलगत्तै निजी पम्पबाट पनि वितरण गर्ने तयारी गरेको हो । केही दिनअघि निगमले विराटनगर, नेपालगन्ज र भैरहवा डिपोलाई इन्धन उपत्यका पठाउन निर्देशन दिएको थियो । ती डिपोहरूबाट इन्धन भित्रिने क्रम बढेकाले सबै पम्पबाट इन्धन वितरण गर्न सकिने निगमले जनाएको हो ।

‘जिल्लाका तीन डिपोबाट इन्धन आउने क्रममा छ,’ निगमका निर्देशक मुुकुन्दप्रसाद घिमिरेले भने, ‘अर्को साताबाट सबै निजीपम्पबाट इन्धन वितरण गर्ने तयारी गर्दै छौं ।’ उनका अनुसार सबै पम्पलाई दैनिक इन्धन वितरण गरिए पनि सवारी साधनमा आफूखुसी इन्धन हाल्न पाइने छैन । सवारी साधनलाई कोटा निर्धारण गरी अथवा जोर बिजोरबाट वितरण गरिने निगमले जनाएको छ । निगमका अनुसार जिल्लाबाट दैनिक ३ सय किलोलिटर पेट्रोल र ४ सय किलोलिटर डिजेल वितरण गरिने छ ।

डिपोहरूबाट दैनिक ३ सय किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेल उपत्यका भित्र्याउन सकिन्छ । विराटनगर डिपोबाट दैनिक १ सय किलोलिटर पेट्रोल, ३ सय किलोलिटर डिजेल पठाउन निर्देशन दिइएको छ । नेपालगन्जबाट ५०/५० किलोलिटर पेट्रोल र डिजेल पठाउने निर्देशन दिएको छ ।

आपूर्ति सहज गर्न भारतीय आयल कर्पोरेसन्स (आईओसी) लाई अनुरोध गरिरहेको पनि निगमले जनाएको छ । घिमिरेका अनुसार सोमबार निजी मोटरसाइकललाई वितरण गरिएपछि पुन: कारहरूलाई तीन दिन दिइने छ । त्यसपछि सबै पम्पबाट इन्धन वितरण गरिने छ ।

भारतको अघोषित नाकाबन्दी पश्चात सरकारले सरकारी पम्पबाट मात्रै अत्यावश्यक सवारीलाई इन्धन वितरण गर्दै आएको थियो । कोटाअनुसार निजी सवारी साधनलाई इन्धन वितरण गरेको दिनमा भने सीमित पम्पबाट पालौपालो गरी इन्धन वितरण गर्दै आएको छ । सरकारी पम्प करिब ८ वटा छन् ।

वि.सं.२०७२ माघ ११ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...