back

सानिमा बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं। सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ४० करोड ८० लाख रुपैयाँ नाफा गरेको छ।

बैंकको यो नाफा गत वर्षको यो अधविको तुलनामा ४६ प्रतिशतले धेरै हो। गत वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।   तीन अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्वमा ७७ करोड रुपैयाँ रहेको छ। बैंकले यो अवधिमा ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

गत वर्षको तुलनामा बैंकको निक्षेप ९ अर्बले र कर्जा ८ अर्ब रुपैयाँले बढेको छ।   बैंकको ब्याज आम्दानी गत वर्षकै समान छ भने अन्य सञ्चालन आम्दानी तीन करोड रुपैयाँले बढेको छ। यो अवधिमा बैंकको प्रोभिजन रकम थोरै बढेको छ भने खराब कर्जार अनुपात गत वर्षकै समान रहेको छ।

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ६ पैसा रहेको छ। यो रकम गत वर्षको भन्दा थोरै बढि हो। गत वर्ष २४ रुपैयाँ ६४ पैसा रहेको थियो।

प्रकाशित मिति २०७२ माघ १२ मंगलबार

वि.सं.२०७२ माघ १२ मंगलवार १८:३६ मा प्रकाशित

You can share this post!

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...