
काठमाण्डौं । भन्सार विभागले आफ्नो ६४ औं भन्सार दिवसको अवसरमा आर्थिक वर्षको पहिलो ६ महिनामा भन्सार राजस्व लक्ष्यभन्दा ३० अर्ब रुपैयाँले कम संकलन भएको तथ्यांक सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ को पुस महिना सम्ममा भन्सारले ९३ अर्ब ५३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा ६३ अर्ब १७ करोड रुपैयाँ मात्रै संकलन भएको हो ।
नाका अवरोधका कारण लक्ष्यअनुसार भन्सार राजस्व उठ्न नसकेको हो । विभागका अनुसार राजस्व असुलीमा मुख्य योगदान गर्ने वीरगन्ज नाका निरन्तर बन्द भएकाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।
मधेसी मोर्चाले गरेका आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण ४ महिनादेखी ठप्प छ ।
कान्तिपुर/प्रकाशित: माघ १४, २०७२
वि.सं.२०७२ माघ १४ बिहीवार १२:०९ मा प्रकाशित