
काठमाडौँ । कलाकार (मह जोडी) मदनकृष्ण र हरिबंशलाई सानिमा बैंकले ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मह जोडी बिगत चार बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छन् ।
कार्यक्रममा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालका प्रतिष्ठित कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए ।
‘मह’ जोडी र बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहालले विहीबार सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।
सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै -: टेलिभिजन कमर्सियल (टिभिसी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिति जस्ता कार्यमा संलग्न रहने छन् ।
वि.सं.२०७२ माघ १४ बिहीवार १७:५९ मा प्रकाशित