
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रिक्त रहेको दुई जना डेपुटी गभर्नरका लागि चार जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
सिफारिस नाममा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका छन् । चार जना मध्ये पङ्गेनी र शिवाकोटीको सम्भावना बलियो रहेको राष्ट्र बैङ्क स्रोतले बताएकोछ । पङ्गेनी कांग्रेस समर्थक र शिवाकोटी एमाले समर्थक हुन् । बाँकी दुई जना पनि कांथ्र्उ पाधरकै हुन् ।
गभर्नरको अनुपस्थितीमा डेपुटी गभर्नरले केन्द्रिय बैङ्क सम्हाल्ने गर्छन् ।
अर्थमन्त्री विष्णु पौडेल र गभर्नर चिरञ्जिवी नेपालबीच राजनीतिक भागबण्डा नमिल्दा लामोसमय सम्म राष्ट्र बैङ्कमा दुई जना डेपुटी गभर्नरको पद रिक्त रहेको बताउँदै आइउको छ ।
माघ १५, २०७२। ११.५
वि.सं.२०७२ माघ १५ शुक्रवार ११:३३ मा प्रकाशित